डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

राई पत्रकार संघमा भीम राई, सर्बसम्मत नेतृत्वका लागि प्रकाश खालिङद्वारा मार्गप्रशस्त

शिखरपोष्ट सोलुखुम्बु ब्युरो चिफ सुमन खालिङ पनि केन्द्रीय सदस्यमा निर्वाचित

42533

32629393_1981502765258083_3699609190105350144_nकाठमाडौं / किरात राई पत्रकार संघको अध्यक्षमा भीम राई निर्वाचित भएका छन् । बैशाख २८ र २९ गते भक्तपुरमा सम्पन्न संघको चौथो राष्ट्रिय अधिबेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका मुख्य दाबेदार निबर्तमान बरिष्ठ उपाध्यक्ष प्रकाश खालिङले सहमतीय नेतृत्व चयनका लागि मार्गप्रसस्त गर्दै भिम राईलाई अघि सरेका हुन् । जबकी निर्वाचन कार्यक्रमअन्तर्गत खालिङ नेतृत्वको समाबेशी टिमले मनोनयन दर्तासमेत गरिसकेको थियो । त्यसैबीच एउटा समुहले बिबाद झिकेका थिए ।

सर्बपक्षीय सहमति गरेर संघको बिगतको बिबाद दोहोर्‍याउन नदिन खालिङले त्याग गर्ने घोषणा गरेपछि सहमति जुटेको हो । सबैलाई समेटेर सङ्स्थागत बिकासको लागि बाधक नबनेको खालिङले प्रतिकृया दिएका छन् ।

तर अन्तिममा प्रकाश बान्तवाले उमेद्धरारी दिएपछि दुई पक्षीय निर्वाचन भएको थियो । अध्यक्ष बाहेकका अन्य पदहरुमा भने सर्वसम्मत भएको निर्वाचन मण्डलका संयोजक राजेश चाम्लिङले जानकारी दिए । बरिष्ठ उपाध्यक्ष, खुल्ला उपाध्यक्ष र महिला उपाध्यक्षमा क्रमशः गणेश साम्पाङ, अवतार राई र रीता राई चयन भएका छन् ।

महासचिवमा भक्त राई, सचिवमा बिशाल राई, महिला सचिवमा सरिता राई, कोषाध्यक्षमा गंगा राई र सहकोषाध्यक्षमा सन्तोष राई चयन भएका छन् । केन्द्रीय सदस्यमा शिखरपोष्ट सोलुखुम्बु ब्युरो चिफ सुमन खालिङसङ्गै राजन, शान्तिराज राई, रामधन राई, नुनुता राई, एसबी जेरो, मीना राई, कृष्णजीत राई, राजकुमार राई, प्रवीण राई, अृमत थुलुङ, लिला राई र सरिता राई रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*