मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य भएको विद्युत प्राधिकरणको घोषणा

42538

NEA-1-1-1024x615काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । प्रणालीमा विद्युत थपिँदै गएको र विद्युतगृहको उत्पादनमा पनि सुधार देखिएकाले यस्तो घोषाणा गरेको हो ।

प्राधिकरणले सोमबार औपचारिकरूपमा सूचना नै निकालेर लोडसेडिङ अन्त्यको घोषणा गर्न लागेको छ । अहिले औद्योगिक क्षेत्रको लोडसेडिङ दैनिक करिब ३ सय मेगावाट रहेकाे प्राधिकरणले जनाएको छ । देशभर औद्योगिक क्षेत्रको विद्युत माग करिब ३ सय मेगावाट अनुमान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले वैशाखदेखि कार्यान्वयन हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य हुने बताएका थिए । यही अनुसार प्राधिकरणका कर्मचारीलाई निर्देशन पनि दिएका थिए । मन्त्री पुनको निर्देशनअनुसार काम भइरहेको छ । प्राधिकरणले २०७३ साल तिहार लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठडमाडौं उपत्ययकामा लोडसेडिङ अन्त्य भएको घोषणा गरेको थियो ।

लगत्तै देशको प्रमुख सहरमा यसको कार्यान्वयन गरियो । विद्यमान प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्रमा आउन सक्ने प्राविधिक समस्या लोडसेडिङ नरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘मर्मत सम्भारका कारण विभिन्न समयमा हुन सक्ने विद्युत आपूर्तिको अवरोध लोडसेडिङ होइन,’ उनले भने ।

बिहान र बेलुकाको पिक सयममा अधिकतम विद्युत खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन प्राधिकरणले आग्रह गरेको छ । अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने (ऊर्जा दक्षता) उपकरण प्रयोग गरी ऊर्जा बचतमा सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*