डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

विदेशमा रहेका नेपालीले पठाउने रेमिटेन्स प्रतिव्यक्ति ४ हजार अमेरिकी डलर !

42544

baideshik remitanceकाठमाडौं । विदेशमा रहेका नेपालीले औसतमा करिब प्रतिव्यक्ति ४ हजार अमेरिकी डलर रेमिटेन्स पठाउने गरेका छन् । याे सन् २०१७ काे अाैसत हाे । साे वर्षमा विदेशमा काम गर्न गएका नेपालीले स्वदेशमा भित्र्याउने रेमिटेन्स आप्रवाह दर करिब दोहोरो अंकले बढेको र विदेश जानेको संख्या केही घटेकाले प्रतिआप्रवासी रेमिटेन्स बढेको अनुमान छ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफडी)ले सार्वजनिक गरेको ‘रेमिटेन्स मार्केट्स एन्ड अपर्चुनिटिज इन एसिया एन्ड द प्यासिफिक’ शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो।

संस्थाको प्रतिवेदनअनुसार सन् २०१७ मा नेपालले छ अर्ब ९४ करोड ७० लाख डलर विप्रेषण भित्र्याएको छ। सन् २०१६ को तुलनामा यो रकम ९.८ प्रतिशत बढी हो। यो अवधिमा कुल १७ लाख ३८ हजार ४४२ नेपाली विभिन्न मुलुकमा कार्यरत रहेको अनुमान छ। त्यसैको आधारमा गतवर्ष हरेक आप्रवासी नेपालीले औसतमा ४ हजार ९९६ डलर घरमा पठाएकाे छ ।

नेपालको औसत प्रतिआप्रवासी रेमिटेन्स समग्र एसिया-प्रशान्त क्षेत्रको भन्दा बढी हो। प्रतिवेदनअनुसार समीक्षा अवधिमा एसिया प्रशान्त क्षेत्रमा दुई खर्ब ५६ अर्ब डलर विप्रेषण प्रवाह भएको छ। अाजकाे अभियान दैनिकमा खबर रहेकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*