जलविद्युत र सिँचाइमा लगानी गर्न अमेरिका इच्छुक   •   काठमाडौँको ‘रिङरोड’भित्र ३ रुटमा केवलकार, जहाँ गएपनि ४० रुपैयाँ मात्रै भाडा लाग्ने   •   चार महिला पत्रकारद्वारा सगरमाथाकाे सफल अाराेहण   •   ८८४८ मिटरमाथि ‘मेरी खालिङनी आमाले बुनेको फेङ्गा’   •   गाउँपालिकाद्धारा स्वास्थ्य चौकीलाई आधुनिक रगत परीक्षण उपकरण प्रदान   •   शनम शाक्य हत्या तथा ३८ सय केजी सुन तस्करीका मुख्य नाइके 'गोरे' सार्वजनिक (भिडियोसहित)

अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको तयारी अन्तिम चरणमा

42550

taan_myarathanकाठमाडौं । साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको तेस्रो संकरण आगामी जेठ ५ गते आयोजना हुने भएको छ ।

‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने मूल नारासहित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको पर्यटकीय क्षेत्र रसुवाको लाङटाङको पुनः निर्माणस्वरुप टानले विगत दुई वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । कुल ४२ दशमलव १९५ किलोमिटर म्याराथन क्याङजिङ गुम्बादेखि शुरु भई घोडातबेला, शेर्पागाउँ, खन्जिम हुँदै स्याफ्रुबेँसीमा पुगेर टुंगिने आयोजकले जनाएको छ ।

म्याराथनका महिला र पुरुष दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई क्रमशः रु एक लाख पाँच हजार, रु ७८ हजार ७५० र रु ५२ हजार ५०० सहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । उक्त म्याराथनमा स्वदेशी तथा विदेशी गरी १०० जना खेलाडी प्रतिस्पर्धा गर्नेछ ।

आगामी दुई वर्षमा कम्तीमा २०० विदेशी खेलाडिलाई सहभागिता गराउने अठोटका साथ टान लागिपरेको लाङटाङ म्याराथनका संयोजक ऋतु ग्याम्दानले बताईन् । टान स्पोर्टस एण्ड इभेन्ट मनेज्मेन्ट डिपार्ट प्रमुखसमेत रहेकी ग्याम्दानले लाङटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको आकर्षक गन्तव्य बनाउनको लागि यो प्रतियोगिता गरिएको पनि बताईन् ।

टानका मिडिया संयोजक गोपाल श्रेष्ठका अनुसार समुद्री सतहबाट तीन हजार ८७० मिटर उचाइको क्याङजिङ गुम्बाबाट उद्घाटन हुने प्रतियोगिताका सहभागी करिब चार घण्टा लामो यात्रा थिचोलेर स्याफ्रुबेँसीमा पुगी समापन हुनेछ ।  प्रतियोगितामा सहभागी हुन विदेशीका लागि ७५ अमेरिकी डलर तथा स्वदेशीका लागि रु दुई हजार ५०० दर्ता शुल्क लाग्नेछ ।

टानका अध्यक्ष नवराज दाहालले सगरमाथा र अन्नपूर्णपछि महत्वपूर्ण पदयात्राको गन्तव्य लाङटाङमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुर्‍याउने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*