थुलुङ दुधकोशीमा पहिलो ‘अध्यक्ष रनिङ शिल्ड’ हुँदै   •   मिस/मिस्टर शेर्पा दाफुटी र सोनाम जाङ्बु पहिलोपटक मिडियामा; भन्छन् 'यूवाहरुले देशमै केही गर्नुपर्छ'   •   सोलुखुम्बुबाट जिल्लास्तरीय व्याडमिन्टन खेलाडी छनोट, ४ जना पुरुष र ३ जना महिला छनोटमा   •   नेपाल भ्रमण वर्षः २० लाख पर्यटक ल्याउन १० हजारलाई तालिम   •   वैद्य माओवादीको युवा स‌ंगठनद्वारा सुगतरत्नलाई कालोमोसो   •   सरकारले गठन गर्‍यो पराजुलीको अध्यक्षतामा वाइडबडी उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग

वान टु वान वार्तापछि अाेली र प्रचण्डले वालुवाटारबाट दिए एकताको नयाँ सन्देश

भोली संयोजन समितिको बैठक

42570

KP_OLI_PRACHNDAकाठमाडाैँ, २ जेठ । नेकपा एमाले र नेकपा (माअोवादी केन्द्र)को एकता प्रक्रियाले गति  लिएको छ ।  एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा अोली र माअोवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुधवार बिहान भएको भेटवार्ताले एकता टुंग्याउनका लागि भोली बिहान एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको छ ।

अाज बिहान दुर्इ अध्यक्षले पहिला वान टु वान वार्ता गरेपछि केही सदस्यसहित पुन छलफल गरेका थिए । छलफलपछि दुवै अध्यक्षले बाहिर आएर पत्रकारसामु हात मिलाउदै एकताको सन्देश दिएका छन् ।

भेटपछि संचारकर्मीसग कुरा गर्दै एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एकतालाई अन्तिम रुप दिन समितिको बैठक बोलाउने सहमति भएको जानकारी दिए । भेटमा दुई नेताविच पछिल्लो समय देखिएका केही आशंकाका विषयमा छलफल भएको थियो । दुवै नेताले केही विचौलियाहरुले एकतामा खेल्न खोजिरहेको निष्कर्ष निकालेका छन् ।

दुवै पार्टीबाट पद नपाउने समुहले एकता विरोधी कार्य गरिरहेको दुई नेताको ठम्याईरहेको स्रोतले जानकारी दिएको छ । दुबै पार्टीका शीर्ष नेताले ढिलोमा यही जेठ ६ गते नै पार्टी एकताको घोषणा गर्न दुर्इ अध्यक्षलार्इ सुझाव दिएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*