मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

सोलुखुम्बु थामेका कामीरिताद्धारा २२औं पटक सगरमाथा चढेर नयाँ कीर्तिमान कायम

42573
  • शिखरपोष्ट रिपोर्टर

kamirita-1-1652018091848-1000x0Photo by Google

सोलुखुम्बु, २ जेठ २०७५ । पासाङल्हामु गाउँपालिका ५, थामे सोलुखुम्बुका कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान बनाएका छन्। उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा २२ पटक चढ्ने क्रममा बुधबार बिहान पाइला टेकेका हुन्।

पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारीले बुधबार बिहान साढे ८:३० बजे शेर्पा सगरमाथाको चुचुरोमा पुगेको जनाएको छ।

नेपालका कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ रेकर्ड बनाएका छन्। उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा २२ पटक चढ्ने क्रममा बुधबार बिहान पाइला टेकेका हुन्।

पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारीले बुधबार बिहान साढे ८ बजे शेर्पा सगरमाथाको चुचुरोमा पुगेको जनाएको छ।
सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका उनले आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेको रेकर्ड तोड्दै नयाँ विश्वरेकर्ड कायम गरेका हुन् ।

आप्पा पछि खुम्जुङका फुर्वाटासी शेर्पाले २१ पटक नै सगरमाथा चढेका थिए। आप्पाले सन् २०११ बाटै आरोहण छोडे। फुर्वाले सन् २०१३ बाट छोडे। त्यसपछि निरन्तर बढी पटक आरोहण गर्ने कामिरिता एक्ला आरोही हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*