मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

आइसिसी विश्व ११ मा परे सन्दीप लामिछाने

42586

NJ1803-925-of-18-वेस्ट इन्डिजसँग दुई हप्तापछि हुने टि-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आइसिसीको विश्व ११ टोलीमा परेका छन्।

जेठ १७ गते इंग्ल्याण्डको लर्डसमा हुने खेलका लागि आइसिसीले वेस्ट इन्डिजबाहेकका  देशबाट खेलाडी छानेको हो।

सन्दीप खेल्ने टिमको कप्तानी इंग्ल्याण्डका सीमित ओभरका कप्तान इयोन मोर्गनले गर्नेछन्।

टोलीका अन्य सदस्यमा भारतका दिनेश कार्तिक र हार्दिक पाण्डेया, पाकिस्तानका साहिद अफ्रिदी र सोएब मलिक, बंगलादेशका तमिम इक्बाल,श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्ड ल्युक रंकी र मिचेल मेकक्लेनेघन र अफगानिस्तानका रसिद खान छन्।

वेस्ट इन्डिजको टोली क्रिश गेल, आन्द्रे रसेल, मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, एविन लेविस, स्याम्युल बद्री लगायत छन्।

‘म वेस्टइन्डिजविरूद्धको खेलमा आइसिसी विश्व ११ का लागि छनौट हुँदा आफूलाई भाग्यमानी ठानेको छु, यो सारा देश र नेपाली क्रिकेट प्रेमीको सम्मान हो। साथै हामीहरू अन्तर्राष्ट्रिय स्तर बनाउँदै गरेको छापको संकेत हो,’ टिममा परेपछि सन्दीपले  भनेका छन्, ‘हामीले  हुर्कँदै गर्दा टेलिभिजनमा देखेका ‘ट्रेन्ड सेटर’ हरूसँग सँगै अभ्यास गर्ने, एउटै ड्रेसिङ रूममा बस्ने र सँगै खेल्ने अवसरका लागि म प्रतीक्षारत छु। यो मेरा लागि सिक्ने र सुधार गर्ने अवसर हो। र यो अवसरको उपयोग गर्न म प्रतिवद्ध छु।

विभिन्न आँधीले क्यारेबियन राष्ट्रहरूमा क्षति भएका रंगशालाको पुनर्निर्माणका लागि स्रोत जुटाउन खेल आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*