मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

माओवादी एमाले एकता हाम्रो लागि अग्नि परीक्षा हो: वाइसीएल महासचिव सुबोध शेर्पाली

42594

subodhनेकपा माओवादी केन्द्र एमालेबिचको बहुचर्चित पार्टी एकताको मिति घोषणा गर्न लागेकै दिन वाइसीएल णेपालका महासचिव सुवोधराज सेर्पालीले आजैबाट दुइ पार्टीका नेता कार्यकर्ताहरुको अग्नि परिक्षा सुरु भएको बताएका छन् । आफ्नो सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा राखदै उनले यसरी लेखेका छन ।

“गम्भीर बैचारिक बहस, भाबनात्मक संयोजन गर्दै तिक्तताहरु अन्त्य गरौंला समग्रमा भन्नू पर्दा नेपालको आमूल परिवर्तनको ऐतिहासिक युद्धमा होमिएका माओवादी  क्रान्तिकारी योद्धाहरुको लागि पेचिलो संघर्षका दिनहरुको आरम्भ भएको अनुभुती भएको छ ।

सयौं बेपत्ता साथीहरु, जनक्रान्तिका घाइते कमरेडहरु, सहिद परिवार तमाम पुर्णकालीन कमरेडहरुको अपेक्षा झै हाम्रो पनि छ । अब नयाँ पार्टी निर्माणमा युवाहरुको भुमिका समग्र क्षेत्रमा जिम्मेवार बनेर जाने खालको हुनुपर्छ । संगै लडेर सहिद भएका र मोर्चामा घाइते बनेका योद्धाहरुको पिडा अनि उनीहरुको इच्छा पनि हामीले पूरा गर्ने संकल्प गरौं ।

राष्ट्रियता जनतन्त्र र जन जिबिकाको पक्षमा युवा कम्युनिस्टहरु सधैं सिर्जनात्मक ढंगले अघि बढौं । कमरेड प्रचण्डले भने झै असाधारण संभावना र असाधारण चुनौतीको बिचबाट हामी अघि बढ्ने कुरा निश्चित छ ।

हरेक सुरुवातहरु राम्रोको लागि नै हुन्छ अपेक्षा गरौं संकल्प गरौं परिणाम राम्रो निकालेर नेपालमा कम्युनिस्ट केन्द्र निर्माण गर्ने अभियानलाई संस्थागत रुपमा सत्य साबित गरौं । पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिदै न्याय सहितको समृद्धि र समाजवादी कार्यदिशा कार्यन्वयनको बाटोमा अघि बढौं ।”

हामीले सोधेको प्रश्नमा उनले भने एकता माओवादी एमालेको आबस्यक्ता मात्र हैन आम कम्युनिस्ट शुभचिन्तक समर्थक र  सिङ्गो नेपाली समार बिकास र समृद्धसाली नयाँ नेपाल निर्माणको लागि पनि आबस्यक रहेको बताए । दुई पार्टीको सबै बैचारिक पक्षमा सहमति भएकै हो त ? सेर्पालीको जबाफ थप्छन्  ”धेरै बिषयहरु छलफलमा छन हामीले अरु बिषयहरुमा एउटै पार्टी बनाइसकेपछी जान सक्छौं सबै कुरा मिलिसके भन्ने होइन ।”

उनी थप्छन राष्ट्रियता र नेपाली जनताको आवस्यक्तामा एकता अपरिहार्य बन्यो त्यसकारण पार्टी एकीकरण गरिदैछ । यो माओवादी र एमालेको रहरले मात्रै होइन यसर्थमा यो राष्ट्रिय सकल्पका रुपमा एकतालाई लिनुपर्छ । बराबरीमा त एकता नहुने देखियो नि उनी भन्छन् मुल कुरा बुझाइको कुरा बुझाइमा एक भैसकेपछी संगठनात्मक र संख्यात्मक रुपमा पनि बरबरी गर्दै जाने कुरा यसमा हामी अग्रसर छौं ।


Subscribe to Comments RSS Feed in this post

One Response

  1. salam kamred hajur lai maile aita question garna chaya aba ko din haruma hamro sangathan ra parti ka karreya yojana kasto banx ? partiko lagi teyo visan aakraman dekhi esthaneya chunap lai safaltako sikhar ma pureyo ra ahile aayara tehi des drohi sanga parti akata gari agadi badekox khasasi malai yo partiko parbirti thik lagena ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*