जलविद्युत र सिँचाइमा लगानी गर्न अमेरिका इच्छुक   •   काठमाडौँको ‘रिङरोड’भित्र ३ रुटमा केवलकार, जहाँ गएपनि ४० रुपैयाँ मात्रै भाडा लाग्ने   •   चार महिला पत्रकारद्वारा सगरमाथाकाे सफल अाराेहण   •   ८८४८ मिटरमाथि ‘मेरी खालिङनी आमाले बुनेको फेङ्गा’   •   गाउँपालिकाद्धारा स्वास्थ्य चौकीलाई आधुनिक रगत परीक्षण उपकरण प्रदान   •   शनम शाक्य हत्या तथा ३८ सय केजी सुन तस्करीका मुख्य नाइके 'गोरे' सार्वजनिक (भिडियोसहित)

माप्य दुधकोशी गाउँपालिकाका २३ वर्षीय नर्विन मगरले चढे सगरमाथा

शिखरपोष्टको लोगो सगरमाथामा फहराइयो (भिडियो)

42598
  • शिखरपोष्ट रिपोर्टर

narbinसोलुखुम्बु, ४ जेठ २०७५ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय नर्विन मगरले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका छन् । ‘सुरक्षित भविष्यको लागि हिमाल बचाउँ’ नारा बोकेर त्यसतर्फ हिडेका नर्विनले शुक्रबार बिहान करिब ९ बजे सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमेका हुन् ।

चुचुरो चुमेर नयाँ रेकर्ड कायम गर्न सफल उनी अब मगर समुदायकै सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति पनि बनेका छन् । नर्विनले शिखरपोष्ट मिडिया गु्रपको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्‍याएका छन् ।

सानै उमेरदेखि पदयात्रा र पर्वतारोहण पर्यटनसँग उठबस गरेका नर्विनले सगरमाथासँगै ल्होत्से हिमाल आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम सपना देखेका थिए । तर, आर्थिक अभावका कारण ल्होत्से आरोहण अभियान भने अन्तिममा रोक्नुपर्‍यो ।

यसैबीच, शिखरपोष्टको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको छ । आरोही मगरले शिखरपोष्टको लोगो सगरमाथाको चुचुरोमा पुर्‍याएका हुन् ।

विभिन्न कठिनाईका बाबजुद पनि सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै असाधारण क्षमता प्रस्तुत गरेर विश्व जगतमा नयाँ सन्देश प्रवाह गर्न सफल भएकोमा शिखरपोष्ट मिडिया गु्रपको तर्फबाट नर्विन मगरलाई हार्दिक बधाई ।
IMG_4260नर्विन मगर सगरमाथा प्रस्थान गर्नुअघि शिखरपोष्टको लोगो हस्तान्तरण गर्दै अध्यक्ष प्रकाश खालिङ 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*