जलविद्युत र सिँचाइमा लगानी गर्न अमेरिका इच्छुक   •   काठमाडौँको ‘रिङरोड’भित्र ३ रुटमा केवलकार, जहाँ गएपनि ४० रुपैयाँ मात्रै भाडा लाग्ने   •   चार महिला पत्रकारद्वारा सगरमाथाकाे सफल अाराेहण   •   ८८४८ मिटरमाथि ‘मेरी खालिङनी आमाले बुनेको फेङ्गा’   •   गाउँपालिकाद्धारा स्वास्थ्य चौकीलाई आधुनिक रगत परीक्षण उपकरण प्रदान   •   शनम शाक्य हत्या तथा ३८ सय केजी सुन तस्करीका मुख्य नाइके 'गोरे' सार्वजनिक (भिडियोसहित)

अप्पर सोलु जलविद्युत आयोजनाको निर्माण ८० प्रतिशत सकियो

42605

uppar soluउर्जाखबर । सोलुखोलामा निर्माणाधीन २३.५ मेगावाट क्षमताको अप्पर सोलु जलविद्युत आयोजना निर्माण कार्य ८० प्रतिशत सकिएको छ । यही रफ्तारमा काम अगाडि बढ्दा अबको ९ महिना आगामी माघ महिनाबाट यो आयोजनाले विद्युत उत्पादन गर्नेछ ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका प्रमुख कार्यकारी अधिकृत शशीसागर राजभण्डारीका अनुसार आयोजनाको बाँध क्षेत्रमा इन्टेक, एप्रोच क्यानल (पहुँच नहर) र डिसेन्डर (बालुवा थिग्राउने पोखरी) को निर्माण पूरा भएको छ । बाँधदेखि विद्युतगृहसम्म पानी पुर्याउने ३ हजार ९ सय मिटर पाइप (लो प्रेसर) मध्ये ३ हजार ५ सय मिटरको काम सकिएको छ । अब ४ सय मिटर पाइप बिछ्याउन बाँकी छ । ४ सय २० मिटर पाइप (हाइ प्रेसर) मध्ये १ सय मिटर राखिसकिएको छ । आयोजनाको १ सय ७० मिटर सुरुङ पूरा गरेर पाइप राख्न सुरु गरिएको छ ।

यस्तै, विद्युतगृहको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । उपकरण जडान हुने विद्युतगृह भवनको निर्माण सकिएको कम्पनीले जनाएको छ । यसै महिनाबाट विद्युतगृहमा उपकरण जडान सुरु हुने बताइएको छ । विद्युत उत्पादन भएर विद्युतगृहबाट बाहिर निस्कने पानीलाई खोलामा फर्काउन टेलरेस नहर बनाइएको छ । कात्तिकभित्र पूरा गर्ने तालिका भए पनि सोलु कोरिडोर प्रसारण लाइनमा देखिएको सुस्तताले आयोजनाको कामको गति पनि सुस्त गतिमा अघि बढेको कम्पनीले जनाएको छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत सोलु कोरिडोर प्रसारण लाइनमार्फत प्रणालीमा जोडिने छ । सोलु कोरिडोर समयमा तयार नभए ३३ केभी बुईंपा–ओखलढुङ्गा प्रसारण लाइनमार्फत ओखलढुङ्गा सबस्टेसनमा जोड्ने विकल्प राखिएको कम्पनीले जनाएको छ । प्राधिकरणले वैकल्पिक प्रसारण लाइन र सबस्टेसनको स्तरोन्नती गरेको अवस्थामा हिउँदमा ९० प्रतिशत र बर्खामा ३५ प्रतिशत विद्युत प्रणालीमा जोड्न सम्भव हुने कम्पनीको दाबी छ ।

खोलामा धेरै आयोजना निर्माण भइरहेकाले नेपाल विद्युत प्राधिकरणलाई प्रसारण लाइन समयमा पूरा गर्ने दबाब छ । सोलु खोलामा अप्पर सोलुसहित ८२ मेगावाटको लोयर सोलु, ८६ मेगावाटको सोलु दुधकोसी र सोलुको सहायक खोलामा ५.२ मेगावाटको जुनबेसी आयोजनालगायत निर्माणाधीन छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*