डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

एमाले–माओवादी एकतामाथि रविन्द्र मिश्रको ट्विट–खराब प्रवृत्तिहरु एक ढिक्का

42610

14554465Rabindra-Mishra_W0A1rsjppyकाठमाडौं, ४ जेठ २०७५|  विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले एमाले–माओवादी एकतालाई खराब प्रवृत्तिहरु एक ढिक्का भएको बताएका छन्। शुक्रबार ट्विट गर्दै संयोजक मिश्रले शक्ति बदलिएको तर राजनीतिक दल तथा नेताहरुमा सोच र आचरण नबदलिएको आरोप लगाएका छन्।

उनले यस एकताले खराब प्रवृत्तिलाई इतिहास बनाइ असल प्रवृतिलाई उजागर गर्न सकोस् भन्ने शुभकामनासमेत दिएका छन्।

मिश्रले ट्विटमा लेखेका छन्,‘एमाले, माओवादी एकता प्रकरणः शक्ति बदलियो। सोच र आचरण बदिलिएको छैन। पात्र तिनै हुन्, प्रवृत्ति तिनै हुन्। खराब प्रवृत्तिहरु एक ढिक्का हुँदा त्यो झनै जब्बर बन्नसक्छ। यो एकताले सबैका खराब प्रवृत्तिलाई इतिहास बनाइदेओस् र असल प्रवृत्ति उजागर गरोस्– नेपालको जय होस्! धेरै–धेरै शुभकामना!’

बिहीबार मात्रै एमाले र माओवादीले एकीकरण गर्दै नेपाल कम्युनिष्ट पार्टीको घोषणा गरेका थिए।rabindra_tweet_9nNwAcgv0f


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*