मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

जेटमा दुई पाइलट हुन्छन्’: ओली, हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यौं – प्रचण्ड

42614

3f0bc008-907f-39cd-9ce6-0458da878243_1526571021काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सामूहिक नेतृत्वप्रति कतिपयले प्रश्न उठाएको भन्दै यसलाई जेट (विमान)सँग तुलना गरेका छन् । पार्टी एकता घोषणासभालाई बिहीवार साँझ राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘कतिपयले भन्या छन्, दुईजना अध्यक्ष बनाएर के गर्‍या होला ?’ ओलीले भने, ‘टोम्पो चलाको हो र एकजना हुन ? जेटमा त दुईजना पाइलट हुन्छन् ।’ उनले गाडी ड्राइभरले नभएर चक्काले चल्ने बताए । ‘टेम्पोजस्तो होइन, जेटमा दुईवटा क्याप्टेन हुन्छन्,’ ओलीले थपे, ‘हामी ड्राइभर भए पनि गाडी चल्ने चक्काले हो ।’ ओलीले पार्टी एकताले आफू निकै उत्साहित र खुसी रहेको बताए ।

हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यौं, अब छुट्याउन मिल्दैन : प्रचण्ड

नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईवटा कम्युनिस्ट पार्टीको एकता गुणत्मक फड्को भएको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीवार नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेर बनेको नेकपा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दुई पार्टीबीचको एकता कहिलै जिकिर गरे ।

‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यौं, अब छुट्याउन मिल्दैन, अब अर्कै कम्पोनेन्ट बनेका छौं, प्रचण्डले भने, ‘विभाजनको पीडा बोकेर आएको कम्युनिस्ट आन्दोलनले आज छलाङ मारेको छ ।’ एकतापछि पनि चुनौती रहेको भन्दै प्रचण्डले राष्टप्रतिको निष्ठालाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए । – lokantar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*