मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

भिटोफ नेपालद्धारा २२औं वार्षिक साधारण सभासँगै गाउँ पर्यटन दिवश मनाउने घोषणा

नयाँ नेतृत्वका लागि बहस सुरु, वर्तमान उपाध्यक्ष तथा महासचिवको दाबी

42617

 

  • शिखरपोष्ट रिपोर्टर

vitof2file picture

काठमाडौं, ४ जेठ ०७५ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)ले आफ्नो २२औं गाउँ पर्यटन दिवश (भिटोफ डे) तथा वार्षिक साधारण सभा ३१ जुलाई २०१८ मा गर्ने घोषणा गरेको छ ।  कार्यसमिति बैठकबाट मिति तय गरेसँगै २२औं गाउँ पर्यटन दिवश (भिटोफ डे) तथा वार्षिक साधारण सभाको तयारी तीब्र पारिएको भिटोफ नेपालका वर्तमान अध्यक्ष कमल सापकोटाले शिखरपोष्टलाई जानकारी दिनुभयो ।

सो अवसरमा विगतको जस्तै गाउँ पर्यटनसम्बन्धि अन्तक्र्रिया, विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध साँस्कृतिक झाँकी प्रदर्शनलगायतको कार्यक्रमहरु रहने उहाँले बताउनुभयो ।

साधारण सभाको मिति तय भएसँगै भावी नेतृत्वको लागि पनि बहस सुरु भएको छ । भावी अध्यक्षका लागि वर्तमान कार्यसमितिका पदाधिकारीहरुले तीब्र चाहाना प्रस्तुत गरिरहेको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार भावी नेतृत्वका लागि वर्तमान प्रथम उपाध्यक्ष राम घले, द्धितीय उपाध्यक्ष दिपक दाहाल र महासचिव बासु पाण्डे मुख्य आकांक्षीको रुपमा देखिएका छन् । तथापी आगामी नेतृत्वको विषयमा त्यस्तो ठोस योजना भने बनेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*