जलविद्युत र सिँचाइमा लगानी गर्न अमेरिका इच्छुक   •   काठमाडौँको ‘रिङरोड’भित्र ३ रुटमा केवलकार, जहाँ गएपनि ४० रुपैयाँ मात्रै भाडा लाग्ने   •   चार महिला पत्रकारद्वारा सगरमाथाकाे सफल अाराेहण   •   ८८४८ मिटरमाथि ‘मेरी खालिङनी आमाले बुनेको फेङ्गा’   •   गाउँपालिकाद्धारा स्वास्थ्य चौकीलाई आधुनिक रगत परीक्षण उपकरण प्रदान   •   शनम शाक्य हत्या तथा ३८ सय केजी सुन तस्करीका मुख्य नाइके 'गोरे' सार्वजनिक (भिडियोसहित)

२३ वर्षीय नर्विन मगरले चढे सगरमाथा

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय नर्विन मगरले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका छन् । 'सुरक्षित भविष्यको लागि हिमाल बचाउँ' नारा बोकेर त्यसतर्फ हिडेका नर्विनले २०७५ जेठ ४ गते शुक्रबार करिब ९ बजे सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमेका हुन् । चुचुरो चुमेर नयाँ रेकर्ड कायम गर्न सफल उनी अब मगर समुदायकै सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति पनि बनेका छन् । नर्विनले शिखरपोष्ट मिडिया गु्रपको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्‍याएका छन् । यसैबीच, शिखरपोष्टको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको छ । आरोही मगरले शिखरपोष्टको लोगो सगरमाथाको चुचुरोमा पुर्‍याएका हुन् ।

42620


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*