मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

मगर समुदायको कान्छा सगरमाथा आरोही नर्विनलाई मन्त्री विना मगरद्धारा विशेष सम्मान प्रदान

सगरमाथा सफाई अभियानमा जुट्ने मन्त्रीको उद्घोष

42988
  • शिखरपोष्ट रिपोर्टर

narbin magarकाठमाडौं, २६ जेठ २०७५ । खानेपानी तथा सरसफाईमन्त्री विना मगरले सगरमाथाको फोहोर सफाई अभियानमा जुट्ने बताउनुभएको छ । मगर समुदायको सबैभन्दा कान्छा सगरमाथा आरोही नर्विन मगरलाई सम्मान गर्दै उहाँले पर्वतीय पर्यटन र पर्वतारोहीहरुको समस्यामा सरकार गम्भिर रहेको बताउनुभएको हो ।

नर्विन मगर सगरमाथा आरोहण अभियानद्धारा शनिबार सुकेधारास्थित नवदुर्गा पार्टीप्यालेसमा आयोजित एक समारोहबीच मन्त्री मगरले उनलाई भाङ्ग्रा ओडाउँनुका साथै फेटा गुथेर सम्मान गर्नुभयो ।

कार्यक्रममा मन्त्री मगरले विभिन्न चुनौतिहरुको सामना गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथा चुमेर नर्विन मगर एक उदाहरणीय पात्र बनेको बताउँदै बधाई तथा थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । सगरमाथा चढ्नु असाधारण काम भएको उल्लेख गर्दै उहाँले नर्विनको साहस भावी पिडीका लागि प्रेरणा बन्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

narbin222आरोहीहरुका लागि सरकारसँग ठोस नीति, योजना तथा कार्यक्रम नहुँदा समानुपातिक र समावेशी रुपमा सेवासुविधा वाँडफाँड हुन नसकेको ठम्याई उहाँको थियो । नेपालको आर्थिक स्रोत पर्यटन र रेमिटेन्स नै भएको बताउँदै उहाँले यसको भरपूर सदुपयोग तथा हिमाली क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको समाधानका लागि सरकार लागिपर्ने बताउनुभयो ।

‘हामीसँग यत्तिधेरै हिमाल छ’ उहाँले भन्नुभयो ‘माउन्टेन हबको रुपमा नेपाललाई विकास गर्न सक्छौं । तर, त्यसका लागि हामीले देखेको सम्बृद्धि, व्यवस्थापन र योजना निर्माण गर्न सकिरहेका छैनौं । अहिलेको सरकार यसतर्फ गम्भिर भएर लाग्नुपर्ने आवश्यकता छ । सगरमाथा क्षेत्रमा फोहोरको डंगुर छ । सगरमाथाको सफाई अभियान राज्यस्तरबाट सञ्चालन गरिनुपर्दछ भन्नेमा मेरो पनि जोड रहेको छ ।’

विभिन्न राजनीतिक अस्थिरता अनि उत्तारचढावहरुको सामना गर्दै अहिले स्थिर सरकार निर्माण भएको र यो सरकारको मुख्य लक्ष्य सम्बृद्ध नेपाल, सुखी जनता अनि विकसित देश निर्माण गर्नु रहेकोले अब सबैखाले समस्याहरुको पहिचान गरेर समाधान खोजिने भनाइ उहाँको थियो । मन्त्री मगरले पहिचान र आत्म सम्मान हुने अवस्था सिर्जना गर्दै यूवाहरु विदेशिनुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमासमेत जोड दिनुभयो ।
नर्विनले पर्वतीय पर्यटन र पर्वतारोहीहरुको समस्यालाई ध्यानमा राखेर फाउण्डेसन स्थापना गर्ने घोषणा गर्नु अत्यान्तै राम्रो कुरा भएको बताउँदै मन्त्री मगरले थप्नुभयो ‘उहाँलाई अग्रिम बधाई छ । उहाँको यो अभियानलाई सफल पार्नका लागि सबैबाट सक्दो सहयोगको जरुरी छ । म पनि आफ्नो तर्फबाट उहाँलाई सहयोग गर्ने प्रतिबद्धता जनाउछु ।’

आरोही नर्विन मगरले विभिन्न खालका समस्याहरुको बाबजुद पनि सगरमाथा चुम्न सफल भएको बताउँदै आगामी दिनमा समाजसेवामा लाग्ने जानकारी दिनुभयो  । सगरमाथा चढ्दैगर्दा थुप्रैखालका समस्याहरु आफुले देखेभोगेको भन्दै उहाँले त्यो क्षेत्रको मुख्य समस्याको रुपमा रहेको फोहोरमैला व्यवस्थापनका साथै आरोही, शेर्पा र उनीहरुको परिवारको पीडामा साथसहयोग गर्नका लागि सगरमाथा आरोही नर्विन मगर फाउण्डेसन स्थापना गर्ने घोषणा गर्नुभयो । उहाँले आफ्नो सगरमाथा आरोहण अभियानका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ,सहयोग र सहकार्य गर्ने संस्था, कम्पनी र व्यक्तित्वहरुप्रति धन्यवादसमेत प्रकट गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री बालाराम घर्तीमगरले मगर समुदायबाट सबैभन्दा कम उमेरमा सगरमाथा चढेर नयाँ कीर्तिमान कायम गरेको उल्लेख गर्दै थप सफलताको शुभकामना दिनुभयो । सगरमाथा चढेर विदेशिनु राम्रो नभएको उल्लेख गर्दै उहाँले नर्विन जस्ता साहासी र प्रतिभाशाली यूवाहरुले नेपालमै केही नयाँ काम गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

आरोहण अभियान समितिका संयोजक तथा समाजसेवी गंगाबहादुर थापामगरले नर्विन मगरले सगरमाथा चढेर मगर समुदायको लागि मात्रै नभएर सिंगो मुलुककै यूवाहरुको लागि उदाहरणीय पात्रको रुपमा आफुलाई उभ्याउन सफल भएको बताउनुभयो । ‘नर्विन मगरले मगर समुदायको कान्छा आरोही त हुँदै हो’ उहाँले भन्नुभयो ‘त्यत्तिमात्रै नभएर उहाँ सिंगो मुलुककै लागि एक उदाहरणीय पात्र बन्न सफल हुनुभएको छ । छोटो समयसिमा भएपनि समितिमार्फत केही अभियान गरियो र सबैले आआफ्नो ठाउँबाट साथ सहयोग दिनुभयो । सबै सबै सहयोगीहरुप्रति आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छौं ।’

रिचार्जर एप्सको निर्माता कम्पनी ग्लोबल की टेक्नोलोजी प्रालिका अध्यक्ष अलाइभ ग्लाइडरले ‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा शुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा नर्बिन मगरमार्फत विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउनु गौरबको बिषय भएको बताउनुभयो । उहाले युबाहरुले देशमै केही गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको र नर्बिन मगर त्यही मान्यताका साथ अघि बढिरहेको सन्दर्भमा आफुले त्यस अभियानमा सहयोग गरेको बताउदै आगामी दिनमा पनि सहकार्य जारी राख्ने प्रतिबद्दता जनाउनुभयो । नर्बिन मगरले समाज सेवाका लागि फाउण्डेशन स्थापना घोषणा गरेलगत्तै अध्यक्ष ग्लाइडरले आफ्नो कम्पनीको तर्फबाट १ लाख ८ हजार ८४८ रुपैया सहयोग गर्ने घोषणासमेत गर्नुभयो ।

narbin33किरात खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष अर्जुन खालिङले नर्विन मगरको अदम्य साहासको उच्च कदर गर्नुपर्नेमा जोड दिनुभयो । इच्छाशक्ति भए जस्तो सुकै परिस्थितिलाई पनि चिरेर सफलता आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने कुरा नर्विनको सगरमाथा आरोहणबाट प्रमाणित भएको उल्लेख गर्दै अध्यक्ष खालिङले सुरक्षित भविष्यको लागि हिमाल बचाउँ भन्ने नारा सार्थक तुल्याउन आगामी दिनमा संस्थागत रुपम अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

शिखरपोष्ट मिडिया गु्रपका अध्यक्ष प्रकाश खालिङले आरोही नर्विन मगरले अनेकन चुनौतिहरुलाई अवसरमा बदलेर सगरमाथाको शिखर चुमेको उल्लेख गर्दै बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो । नर्विन मगरको इच्छाशक्ति,साहास र आत्म विश्वासका कारण अभियान सफल भएको बताउँदै उहाँले आगामी दिनमा यो उपलब्धिलाई संस्थागत रुपमा समाज परिवर्तनका लागि परिणत गर्नुपर्नेमा जोड दिनुभयो ।

अभियान समितिका सचिब महेश रानामगरले ठूलो चुनौतीको सामना गरेर नर्बिनले सगरमाथा चुमेर मगर समुदायकै कान्छा आरोहीको रेकर्ड कायम गर्न सफल भएको बताउदै प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । छोटो समयको अभियानको क्रममा नर्बिन मगरको आरोहणका लागि समितिमार्फत जम्मा एस् लाख ५१ हजार ८०५ रुपैया सङ्कलन भएको जानकारी दिदै उहाले सहयोगिहरुको नामावली छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

नर्विनसँगै सगरमाथाको सफल आरोहण गर्नुभएकी आरोही छोकी शेर्पाले नर्विन मगरको प्रशंसा गर्दै बधाई ज्ञापन गर्नुभयो । उहाँले सगरमाथा क्षेत्रमा फोहोरको समस्या दिनप्रतिदिन डरलाग्दो बन्दै गइरहेको भन्दै राज्यले यस विषयलाई विशेष चासोका साथ हेर्नुपर्ने बताउनुभयो । आरोहीहरुको समस्यामा राज्य पक्ष गम्भिर हुनुपर्नेमा उहाँको जोड रहेको थियो ।

कार्यक्रमबीच आरोही नर्विन मगरले सगरमाथाको चुचुरोमा फहराउनुभएको लोगोसहितको फोटो सम्बन्धित कम्पनीहरुलाई प्रदान गरिएको थियो । रिचार्जर, सिटिभी मोबाइल, नेपाल मगर संघ, नेपाल मगर सांस्कृतिक संघ, मगर लाफा गु्रप, नेपाल मगर सांसकृति संघ मलेसिया, शिखरपोष्ट मिडिया गु्रप, दुधकोशी मिडिया, हाइफाइव एडभेन्चरलगायतको लोगोसहितको फोटो प्रमुख अतिथि तथा मन्त्री विना मगरले हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा नर्विनको बुवा र आमासँगै आरोहीहरु छोकी शेर्पा, प्रकाशराज पाण्डे, पासाङल्हामु शेर्पा, चन्द्रश्वर खालिङलगायतलाई पनि खादा ओडाएर विशेष सम्मान गरिएको थियो । narbin ama buwa narbin narbin1 narbin11 narbin22 narbin44 narbin55 narbin66 narbin111 narbin1111 narbni77

विमला मगरको दुई दिनको जिन्दगीको म्यूजिक भिडियो सार्वजनिक

यसैबीच, मन्त्री मगरले गायिका विमला मगरको दुई दिनको जिन्दगी बोलको गीत र म्यूजिक भिडियो सार्वजनिक गर्नुभएको छ । डिके मिडियाद्धारा निर्मित उक्त गीत मा राजेश पायल राई र विमला मगरले स्वरबद्ध गर्नुभएको हो भने प्रेमकृष्ण बजगाईको लय र शब्द, शिलाबहादुर मोक्तानको संगीत संयोजन रहेको छ ।
म्यूजिक भिडियोमा शेरबहादुर गुरुङ, रविन थापा मगर, नमिता घिसिङलगायतको अभिनय रहेको छ । भुपेन्द्र गुरुङको निर्देशन, मधुर बस्नेतको छायांकन तथा प्रविण ढकालको सम्पादन रहेको उक्त म्यूजिक भिडियोको निर्माण नियन्त्रकको रुपमा महेश राना मगर रहनुभएको छ ।bimala
bimala magar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*