मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

प्रदेश १ को नीति तथा कार्यक्रमः ‘प्रदेशको पानी जनताको लगानी, घरघरमा विजुली जनजनमा शेयर’

सगरमाथा आधार शिविरसम्म केबलकारदेखि पाँच वर्षभित्र १५ सय मेघावट विद्युत उत्पादन गर्ने महत्वकांक्षीय योजना

43023

 

  • शिखरपोष्ट रिपोर्टर

sherdhanबिराटनगर, २७ जेठ । प्रदेश नम्बर १ को वार्षिक नीति तथा कार्यक्रम पेश गरिएको छ । प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले आइतबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममा केही महत्वकांक्षीय योजनाहरु अघि सारिएको छ ।

उक्त नीति तथा कार्यक्रममार्फत फाप्लुबाट लुक्ला, नाम्चे हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरसम्म केवलकार चलाउने जस्ता महत्वकांक्षी योजना अघि सारिएको हो ।

प्रदेश सरकारले अघि सारेको महत्वकांक्षी योजनामा पाँच वर्षभित्रमा १५०० मेघावाट, १० वर्षभित्र ३००० र १५ वर्षभित्र ४५०० मेघावट विद्युत उत्पादन गरिने पनि उल्लेख गरिएको छ ।

त्यस्तै फुङ्गलिङ्ग–पाथिभरा, धरान–भेडेटार, जयरामघाट–हलेसी, वराहक्षेत्र(सूूर्यकुण्ड, वाह्रविसे–सभापोखरी, केरावारी–जेफाले र अन्तुडाँडा–मंगलवारे लगायतका स्थानमा पनि केबलकार चलाउन सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले चतरा सुनकोशी जलमार्ग संचालनको संभाव्यता अध्ययन गर्ने बताएको छ ।
जनतालाई जल, जमीन र जंगलको मालिक बनाउदै समाजवादको पूूर्वाधार तयार गर्न प्रदेशको पानी जनताको लगानी–घरघरमा विजुली जनजनमा शेयरको नीति लागूू गर्ने सरकारले जनाएको छ ।

प्रदेश सरकारको प्रत्यक्ष लगानी, सार्वजनिक नीजि साझेदारी तथा सार्वजनिक नीजि सहकारीको आधारमा संचालन गर्ने र वैदेशिक रोजगारमा गएकाहरुलाई शेयरमार्फत र गैरआवासीय नेपालीलाई लगानी गर्न आह्वान गर्ने योजना छ ।

यस्ता छन् प्रदेश सरकारको नाराहरुः
प्रदेश सरकारको नीति तथा कार्यक्रममा विभिन्न नारा पनि समावेश गरिएको छ । ‘सबैभन्दा वेश, १ नम्बर प्रदेश’, ‘एक समूह, एक उत्पादन’, ‘उत्पादन गरौं, प्रदेश समृद्ध बनाऔं’, ‘जस्ता माटो, उस्तो बाली’, ‘बचत गरौं, समृद्ध बनौं’, ‘एक नम्बर प्रदेशको शान, सवैको अनुहारमा मुस्कान’ ‘हाम्रो गौरव हामै शान, सगरमाथा र केचनाले प्रदेशकै राख्छ उच्च मान’ जस्ता नारा दिइएको कार्यक्रम अघि सारिएको छ । स्वास्थ नागरिक, स्वस्थ प्रदेश, ‘संघीय गणतन्त्र नेपालको उपहारः एक परिवार एक रोजगार’ लगायतका नारा पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*