डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

आगामी ३ वर्षभित्र सबै नदीको ‘नदी बेसिन गुरुयोजना’ तयार

43026

Dudhkoshi_river11उर्जाखबर, काठमाडौं । नेपाल सरकारले आगामी ३ वर्षभित्र देशका सबै नदीको ‘नदी बेसिन गुरुयोजना’ तयार गर्ने भएको छ । खानेपानी, सिँचाइ, जलविद्युत तथा समग्र जलस्रोतको विकास गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागिएको हो ।

देशमा साना ठूला गरी करिब ६ हजार नदीनाला रहेको अनुमान छ । ठूलामात्र नभई साना नदी तथा खोला र तिनका किनारमा विकसित भइरहेको मानव विकास एवं जीवनपद्दति तथा कृषि उत्पादन बढाउने गरी एकीकृत गुरुयोजना तयार गरिनेछ । जलस्रोत तथा ऊर्जा विकासमा नीतिगत दस्तावेज तयार गर्दै आएको जल तथा ऊर्जा आयोगले गुरुयोजना तयारीको प्रक्रिया अघि बढाएको छ । कोसी, गण्डकी, कर्णाली, महाकाली तथा तिनका सहायक र उपनदीको समेत गुरुयोजना तयार हुने आयोगका प्रवक्तासमेत रहेका सहसचिव माधव बेल्बासेले बताए ।

विश्व बैंकको ७७ करोड रुपैयाँ अनुदान पानीको एकीकृत विकास गर्न सकेमात्र यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सक्ने बेल्बासेले बताए । अब तयार हुने गुरुयोजनामा पहिलो प्राथमिकता खानेपानी नै हुनेछ । संविधानले समेत खानेपानीलाई मौलिक हकको रूपमा स्थापित गरेको छ । यस्तै, कृषि विकास गर्न सिँचाइको उचित व्यवस्था, बाढी तथा डुबान व्यवस्थापन, जलविद्युत उत्पादन र पानी निकास लगायत विषय गुरुयोजनामा समेटिनेछन् ।

गुरुयोजना तयार गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट परामर्शदाता नियुक्तिको प्रक्रिया अन्तिम चरणमा रहेको बेल्बासेले जानकारी दिए । अन्तिम छनोटमा परेको जर्मन तथा चिनियाँ सयुक्त कम्पनीले गुरुयोजना तयार गर्ने करिब टुंगो लागेको छ । आयोगका अनुसार यसबारे मस्यौदा सम्झौता समेत भइसकेको छ । विश्व बैंकको करिब ७७ करोड रुपैयाँ अनुदानमा ३ वर्षभित्र गुरुयोजनाको काम पूरा गर्ने लक्ष्य छ । मस्यौदा सम्झौता गरी सहमतिका लागि विश्व बैंक पठाएकाले त्यहाँबाट स्वीकृत भएर आउनासाथ काम सुरु हुने पनि बेल्बासेले बताए ।

आयोगले गुरुयोजनाको पहिलो चरणमा ‘बागमती नदी बेसिन गुरुयोजना’ तयार गरिसकेको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा जापानको सरकारी निकाय ‘जापान वाटर एजेन्सी’ ले गुरुयोजना तयार गरेको हो । बागमती नदीमा उपलब्ध पानी, यसको सदुपयोग, बाढी नियन्त्रणको पूर्वजानकारी, सिँचाइलगायत पक्ष गुरुयोजनामा समेटिएको छ ।

आगामी दशकमा बागमतीमा पानीको बहाब बढाउने, खानेपानी तथा सिँचाइ व्यवस्थापन गर्ने विषय व्यवहारिकरूपमा किटान गरिएको छ । यसैगरी, बर्खामा पानीको बहाब बढ्दा तल्लो तटीय क्षेत्रमा हुन सक्ने क्षति वा पूर्वजानकारी गराउने अत्याधुनिक सूचक तयार गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*