डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

ब्लड क्यान्सरपीडित राजन विश्वकर्माले अस्पतालको सैयाँबाटै भने ‘आफन्त भन्ने कोही छैन’ (भिडियोसहित)

43035
  • ब्लड क्यान्सरपीडित राजन विश्वकर्माले अस्पतालको सैयाँबाटै भने ‘आफन्त भन्ने कोही छैन’ (भिडियोसहित)शिखरपोष्ट रिपोर्टर

काठमाडौं, ३० जेठ २०७५ । टिचिङ अस्पतालको सैयामा ब्लड क्यान्सर रोगसँग लडिरहेका राजन विश्वकर्माले गीतबाट आफ्नो पीडा पोखेका छन् । उनले लेखेको ‘आफन्त भन्ने कोही नै छैन यो पापी संसारमा’ बोलको गीत र म्यूजिक भिडियो बुधबार गाउँले इन्टरटेनमेन्ट यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सोलुखुम्बुको जुबु पुख्र्यौली घर भएका क्यान्सर पीडित विश्वकर्माले विगत तीन महिनादेखि ब्लड क्यान्सरको उपचार गरिरहेका छन् ।

अत्यान्तै मर्मस्पर्शी उक्त गीतमा स्वर र संगीत गायक कृष्ण राईले भरेका हुन् । गाउँले इन्टरटेनमेनले बनाएको म्यूजिक भिडियोमा स्वयं क्यानसरपीडित विश्वकर्मा र उनी उपचाररत रहेको टिचिङ अस्पताल क्षेत्रको दृष्य देख्न पाइन्छ ।rajan

आर्थिक अभावका कारण उपचारमा निकै समस्या परिरहेको बताउँदै आएका उनले आफ्नो म्यूजिक भिडियोमार्फत सहयोगका लागि अनुरोधसमेत गरेका छन् । उनी विगत लामो समयदेखि सामाजिक सेवामा समर्पित रहँदै आएका थिए ।

म्यूजिक भिडियो

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*