डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

काठमाडौंस्थित बाजेको सेकुवाका ६ शाखामा शिलबन्दी

43045

1-7काठमाडौं, ३० जेठ । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या अभियोगका फरार व्यक्ति चेतनाथ भण्डारीले काठमाडौंमा सञ्चालन गरेको बाजेको सेकुवाका ६ वटा शाखामा शिलबन्दी गरिएको छ ।

गृह सह सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष छानबिन टोलीले बुधबार ६ वटै शाखामा शिलबन्दी गरेको हो । समितिले ग्राहकलाई बाहिर निकालेर सेकुवा पसलमा शिलबन्दी गरेको थियो ।

भण्डारीमाथि हत्या, अपरहण, शरीर बन्धक, तस्करी लगायतका विषयमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको र अदालतकै आदेशअनुसार सेकुवा पसलहरुमा शिलबन्दी गरिएको अनुसन्धान टोलीका संयोजक ईश्वरराज पौडेलले बताए । छापा मारेर कुनै सामान बरामद भने गरिएको छैन ।

अनुसन्धान टोलीका अनुसार बाजेको सेकुवाका देशभर १३ वटा शाखा छन् । तीमध्ये ५ वटा भण्डारी आफ्नै र एउटा उनको सालाको नाममा रहेको टोलीका एक सदस्यले बताए ।

बाँकी ७ वटा भने बाजेको सेकुवा ब्रान्डमा अरुले नै चलाएका हुन् । भण्डारी र सालाको नाममा रहेका बत्तिसपुतली, सोह्रखुट्टे, सामाखुसी, कमलपोखरी, गैरीधारा र अनामनगरका शाखा शिलबन्दी गरिएको र अन्यलाई बोलाएर ब्राण्ड परिवर्तन गर्न लगाइने संयोजक पौडेलले जानकारी दिए ।

शिलबन्दी गरिएका सेकुवा पसल अदालतको आदेशपछि मात्रै के गर्ने भन्नेबारे निर्णय हुनेछ । भण्डारी हाल फरार सूचीमा छन् ।

अनुसन्धान टोलीले भण्डारी अमेरिकामा बसेको हुनसक्ने आशंका गरेको छ । तर भण्डारी अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*