नेकपाले चार महिनापछि तोक्यो प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव   •   उपप्रधानमन्त्री उपेन्द्र यादबद्वारा 'टुरिजम विजनेश डाइरेक्टरी' लोकार्पण   •   नेपालमा यौनजन्य अश्लिल सामग्री प्रतिबन्ध   •   आर्थिक अनियमितता नभएको भन्दै गाउँपालिकाले गर्‍यो समाचारको खण्डन (विज्ञप्तीसहित)   •   स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाई   •   संसदीय समितिका सभापतिको मनोनयन हुँदै, कुन समितिमा कसको उम्मेदवारी ?

भिटोफ नेपालको यस वर्षको रोपाई महोत्सव ललितपुरको लेलेमा

असार १५ गते लेले जाउँ धान दिवश तथा रोपाई महोत्सव मनाऔं

43144
  • शिखरपोष्ट रिपोर्टर

vitofकाठमाडौं, ५ असार । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)ले यस वर्षको धान दिवश तथा रोपाई महोत्सव उपत्यकामै आयोजना गर्ने भएको छ । भिटोफले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आउँदो असार १५ गते ललितपुर जिल्ला गोदावरी नगरपालिकाको लेले गाउँमा महोत्सव आयोजना गर्न लागेको हो ।

भौगोलिक धरातल तथा हिमश्रृंखला, प्राचिन बस्ती तथा मौलिक संस्कृति, धार्मिक सम्पदा, नेवारी समुदायको साँस्कृतिक झाँकीको अवलोकन गर्नुका साथै हिलो खेलेर रोपाईलाई महोत्सवको रुपमा मनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको भिटोफ नेपालका उपाध्यक्ष तथा मिडिया संयोजक दिपक दाहालले शिखरपोष्टलाई जानकारी दिनुभयो ।

भिटोफ नेपालका कार्यसमिति सदस्य राज कुमार धमलाको संयोजकत्वमा आयोजना हुन लागेको उक्त कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यता तथा सम्बन्धित सरोकारवला निकाय र बिभिन्न संघसङ्स्थाका प्रतिनिधिहरुको आतिथ्यता रहने पनि मिडिया संयोजक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार  कार्यक्रममा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गाउँ पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकार सम्मिलित करिब २ सय जनाको सहभागिता रहने छ ।

यस्ता कार्यक्रमबाट पर्यटकीय सम्भावनायुक्त ठाउँहरुको पहिचान एवं प्रवद्र्धनमा टेवा पुग्नुका साथै संस्कृति र चाँड पर्व पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने भएकाले वार्षिक रुपमा निरन्तरता दिइदै आइएको भिटोफ नेपालका अध्यक्ष कमल सापकोटा बताउनुहुन्छ ।

भिटोफ नेपालले विगतदेखि नै हरेक वर्षको धान दिवश तथा रोपाई महोत्सव आयोजना गर्दै आइरहेको छ । काठमाडौंबाट साढे १ घण्टामा पुगिने लेले फरक ग्रामिण बस्ती, विविध सांस्कृति सामुहिक बस्ती, भौगोलिक धरातलीय बस्तीका साथै मनोरम प्राकृतिक दृश्यावलोकन गर्न सकिने ठाउँ भएका कारण यसले पर्यटकीय हिसाबले सम्भावना बोकेको छ । उक्त ठाउँमा लामो तथा छोटो पदयात्रा पनि गर्न सकिन्छ ।

कार्यक्रममा जानेहरुका लागि असार १५ गतेको विहान साढे ६ बजे सोह्रखुट्टेबाट बस छुट्ने छ । कार्यक्रमसम्बन्धि थप जानकारी लिनका लागि भिटोफ नेपालको सचिवालयको टेलिफोन नम्बर ०१४७००५७५ वा मोबाइल नम्बर ९८५१०४२३३४, ९८५१०८९४९७, ९८४३४२०५६०, ९८०१०९९१७२ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*