‘औँठी खसेछ’मा सिते बा र चन्द्रमुखीको रोमान्स   •   प्रदेश नम्बर १ मा ‘चिया पर्यटन’ बिकास गर्ने मन्त्री आङ्बोको उद्घोष   •   सांसद हेमकुमार राई (सुरबीर)ले यसरी बाँडे सांसद कोषको ४ करोड   •   उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही   •   बजार हिस्सा गुमाउँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम   •   सरकार निर्वाचनमा गरिएका प्रतिबद्धताबाट बाहिर गएको छैन : पर्यटनमन्त्री अधिकारी

अग्रज पर्यटन व्यवसायी विक्रम पाँडे काजीले चिनेको ‘पासाङल्हामु शेर्पा’

43165

kkविक्रम पाँडे काजी, बरिष्ठ पर्यटन व्यवसायी
सन् १९७३ तिरको कुरा हो । म विद्यार्थी जीवनकालमा यति ट्राभल्ससँग् आबद्ध अन्नपूर्ण ट्रेकिङमा पार्टटाइम काम गर्दथे । आफु पनि साहसिक यात्रा तथा ट्रेकिङमा अभिरुचि लिन भएको हुँदा मेरो लागि यो एक रमाईलो कार्यक्षेत्र थियो । त्यस कार्यलयमा एक दिन मेरो फुर्वा कितार शेर्पासँग भेट भयो । उहाँ लुक्ला मुनिको सुर्के गाउँको बासन्दिा हुनुहुन्थ्यो । म पनि एक तेजिलो यूवा भएको नाताले मेरा त्यसबेलाका हाकिमहरु कर्णेल बाण्गदि र रिन्छेन डुक्पा लामाले बेला बखत मलाई ट्रेकिङ ग्रुपको नेतृत्व गर्न पठाउने गर्नुहुन्थ्यो ।

सोही अवसरमा औं फुर्वा कितारले मलाई आफ्नो छोरी पनि ट्रेकिङमा जान असाध्यै रहर गरिरहेको तर भर्खर हुर्किदै गरेकी छोरीलाई जो पायो त्यहि नचिनेकोसँग पठाउन आफुलाई इच्छा नलागेको हुँदा मलाई उहाँले आफ्नो छोरीलाई पनि टे«किङमा लगेर काम सिकाईदिन र अलिकति बाटो देखाइदिन अनुरोध गर्नुभयो । म पनि को एडुकेशनको शिक्षामा नै हुर्केको हुनाले मलाई छोरी मान्छेसँग पढ्न, लेख्न र खेल्न कुनै अप्ठेरो थिएन ।

मैले एउटा बाबुको उत्सुकता र मिठो अनुरोधलाई तुरुन्तै स्वीकार गरी उहाँलाई आजकै मितिदेखि मैले तपाईकी छोरीलाई बहिनी बनाएँ र उनी आज उप्रान्त मेरो बहिनीको रुपमा रहन्छिन्’ भने । रमाईलो कुरा के हो भने मलाई औ कितारको छोरीको नामसम्म पनि थाहा थिएन । पछि लुक्ला पुगेपछि जब पासाङल्हामु मलाई भेट्न आइन्, तब मात्रै मैले उनको नाम थाहा पाएँ ।

पासाङल्हामु भर्खरकी कलिली, हँसिली, गोरो वर्णको एक उत्सुक किशोरी थिइन् । उनको हाँसोमा एक अबोध तर प्रभावशाली व्यक्तित्व झल्किन्थ्यो । पासाङल्हामु मलार्य औ कितारले सबै कुरो सम्झाईदिइसक्नुभएको छ । भोली टे«किङ जाने हैन त ?’ भन्दा लजालु हाँसोले आफू तयार भएको स्वीकृति झल्काइन् । यसरी हुर्कदै गरेको उमेरमा पहिलोपल्ट काठमाडौंबाट आएको एक अपरिचित व्यक्तिसँग ट्रेकिङमा पासाङल्हामुलाई मौका मिल्यो र पर्यटनमा उनको करियर सुरु भयो ।

मैले मेरो सबै गेष्टहरुसँग पासाङल्हामुको परिचय गराएँ । पासाङल्हामुले सबैलाई नमस्ते गरिन् । गेष्टहरुले पनि हेला, हाई गर्दै पासाङल्हामुलाई टिममा स्वागत गरेँ । यसरी जिन्दगीमा पहिलोपल्ट पासाङल्हामु विदेशीहरुको साथ लागेर टे«किङमा जान तयार भइन् । जसमा एउटा हेडमास्टरको रुपमा मेरो अभिभावकत्व थियो ।

म ट्रेक लिडर पनि नयाँ, विदेशी पनि नयाँ, जानुपर्ने ठाउँ पनि नयाँ हुँदा, पासाङल्हामु सुरुसुरुमा धक मान्ने, झस्कने, लाज मान्ने र सबैभन्दा पछिपछि हिड्ने गर्दथिन् । सायद, उनी पहिलोपल्ट घर छोडेर यति लामो यात्रामा निस्केकी हुनाले पनि यस्तो भएको होला ।

मैले उनको त्यो अबोध स्वभाव र असहज परिस्थिति राम्रैसँग बुझेर उनलाई टुरिष्टसँग मिसाएर सँगसँगै लैजान थालेँ । यसो गर्नका कारण उनको हौसला बढाउन र व्यक्तित्वको विकास गर्नु नै थियो । सुरुसुरुमा उनी अकनाउँथिन् तर विस्तारै मलाई विश्वास गर्दै अघि बढ्न थालिन् ।

पासाङल्हामु यति अबोध र अन्जान थिइन् कि कहिलेकाहीं उनी पर्यटकहरु र मसँग तर्सने र बोल्न धकाउने गर्थिन । उनलाई नेपाली भाषा पनि त्यत्ति राम्रो आउँदैनथ्यो ।

मलाई सधैं ठाकुरे भनेर सम्बोधन गर्थिन् । मलाई पछि थाहा भयो लुक्ला भेगमा काठमाडौंबाट आएका ठूलाबडा भनाउँदा अपरिचितहरुलाई ठाकुरे भन्ने चलन रहेछ ।

म उनलाई सम्झाउँदै हँसाउदै लैजान्थें । म ठाकुरे हैन, पाँडे काजी हुँ । नेपाल एकीकरण बंशजका खलक हुँ’ भन्दै । उनी कति बुझ्थिन्, कति बुझ्दैनथिइन् थाहा पाउन गाह्रै हुन्थ्यो किन भने उनी एक आत्मसम्मान भएको किशोरी थिइन् ।
उनको हौसला बुलन्द गर्न म उनलाई टुरिष्ट केटीहरुको माझ चिया खान, चिया खुवाउन, खाना खान र खाना खुवाउन लगाउँथें । यस्तो क्रम सँगसँगै मैले उनलाई तीन चार ट्रेकमा लगेर एक बुलन्द व्यक्तित्वमा विकास भएको किशोरी बनाउन सफल भएँ ।

पासाङल्हामुले हमेसा मलाई आफ्नो एकाघरको दाजुभन्दा बढि सम्मान र माया गर्ने गर्थिन् । पछि उनी पर्यटन क्षेत्रमै सफल हुँदै अघि बढिन्, पर्यटन क्षेत्रकै घरानासँग विवाह गरिन् र पछि मैले सुनें उनले दुई छोरी र एक छोरालाई जन्म दिइन् । पासाङल्हामु र उनका श्रीमान् लाक्पा सोनाम शेर्पा नेपालको एक सफल पर्यटन व्यवसायी घराना दम्पतिको हैसियतमा उत्रेको पनि देख्न पाएँ ।

आज आएर मैले एक अबोध किशोरीलाई नेपालमा त्यसबेलाको एउटा नौलो पर्यटन क्षेत्रमा जसरी भित्र्याए, सिकाएँ, फकाएँ, कराएँ र मजबुत बनाएँ, मेरो लागि यो एक गौरबको विषय बनेको छ ।

आज आएर पासाङल्हामु नेपालको एक राष्ट्रिय विभूति भएकी छिन् । धन्य हो मेरो प्रयास, धन्य हो मेरो मिहिनेत, धन्य हो त्यो अबोध किशोरी पासाङल्हामुको संकल्पित परिश्रम । आज उनी विश्वकै एक सफल र चर्चित महिलाको रुपमा उदाउन सफल बनिन् । tara3
पासाङ प्रतिष्ठाबाट साभार


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*