टुर्गानले मनायो ३०औं अन्तर्राष्ट्रिय टुरिष्ट गाइड दिवस   •   ‘विपावर’काे पहिलाे क्षेत्रीय सम्मेलन सुरु   •   ६ सचिवको सरूवा, पर्यटन मन्त्रालयमा सापकोटा   •   विदेशी लगानीका पाँच किसिमका परियोजनालाई हेजिङ सुविधा प्रदान   •   सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सफल भएका छौं: गृहमन्त्री थापा   •   सुदूरपश्चिम प्रदेशसभामा प्रधानमन्त्री ओली: विकासकाे नायक बन्न सांसदहरूलाई आग्रह

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु

43527

Kp-Oli-Puspakamal-Dahal-Praकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि शुरु भएको छ ।

पार्टी एकतापछि अन्तरिम विधानबमोजिम नियमावली पारित गरेर मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालयको बैठक बसेको हो ।

स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*