'मिस टुरिजम–२०१८' भदौ २ गते हुँदै   •   पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ ७५३ स्थानीय तहमा रोजगार सूचना केन्द्र खोल्ने सरकारको तयारी   •   विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे   •   प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट   •   साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स   •   रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते

असार २९ र ३० गते सोलुखुम्बुमा निर्माण व्यवसायीहरुका लागि उच्चस्तरीय तालिम हुँदै

43530
  • शिखरपोष्ट रिपोर्टर

mahesh kiratiसोलुखुम्बु, २८ असार २०७५ । सोलुखुम्बु जिल्लाका निर्माण व्यवसायीहरुको दक्षता अभिबृद्धि गर्ने उद्देश्यले दुई दिने कन्ट्रयाक्ट म्यानेजमेन्ट र इलेक्ट्रिक गभरमेन्ट प्रकुरमेन्ट सिस्टम (इजीपी) तालिम सञ्चालन गरिने भएको छ । नेपाल निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति सोलुखुम्बु र नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रीय कार्यसमितिको संयुक्त आयोजनामा असार २९ र ३० गते सल्लेरीमा उक्त तालिम सञ्चालन गर्न लागिएको हो ।

यो खालको तालिम जिल्लाको लागि मात्रै नभएर प्रदेश नम्बर १ कै लागि पहिलो हो । उक्त तालिममा ३० जना निर्माण व्यवसायीहरुको सहभागिता रहने नेपाल निर्माण व्यवसायी संघ सोलुखुम्बुका अध्यक्ष महेश किरातीले जानकारी दिनुभयो ।

सहभागिहरुले तालिमबाट विद्युतीय माध्यमबाट ठेक्का विट गर्ने जस्ता महत्वपूर्ण ज्ञान आर्जन गर्ने बताउँदै अध्यक्ष किरातीले भन्नुभयो  ‘तालिमबाट सोलुखुम्बका समग्र निर्माण  व्यवसायीहरुको क्षमता अभिबृद्धि गर्नुका साथै जिल्लाको निर्माण व्यवसायलाई समयसापेक्ष अगाडि बढाउन मद्दत मिल्ने विश्वास लिएका छौं ।’

तालिम कार्यक्रममा जिल्ला कार्यसमितिसँगै महासंघका केन्द्रीय अध्यक्ष सानुभाई श्रेष्ठ, उपाध्यक्ष रुद्र शर्मा, महासचिव रामशरण देउजालगायतको उपस्थिति रहने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*