नेकपाले चार महिनापछि तोक्यो प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव   •   उपप्रधानमन्त्री उपेन्द्र यादबद्वारा 'टुरिजम विजनेश डाइरेक्टरी' लोकार्पण   •   नेपालमा यौनजन्य अश्लिल सामग्री प्रतिबन्ध   •   आर्थिक अनियमितता नभएको भन्दै गाउँपालिकाले गर्‍यो समाचारको खण्डन (विज्ञप्तीसहित)   •   स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाई   •   संसदीय समितिका सभापतिको मनोनयन हुँदै, कुन समितिमा कसको उम्मेदवारी ?

खालिङ भाषाको गीत ‘देल्कम् हेङ् मोओ रैछ’लाई राष्ट्रिय अवार्ड

गीतको भिडियोसहित

43533
  • शिखरपोष्ट रिपोर्टर

Purna-1काठमाडौं । खालिङ भाषाको गीतले राष्ट्रिय राष्ट्रिय अवार्ड जितेको छ । गिनिज बुकमासमेत नाम लेखाइसकेका गायक पूर्ण राईको ‘देल्कम् हेङ् मोओ रैछ’ बोलको खालिङ भाषाको गीतले सर्वोत्कृष्ट गायनको अवार्ड जितेका हुन् ।

कानुन तथा न्याय मन्त्री शेरबहादुर तामाङ र नेपाली राष्ट्रियगानका रचनाकार प्रदिप कुमार राई (ब्याकुल माईला) ले संयुक्त रुपमा सो अवार्ड प्रदान गरे ।

उक्त गीतको रचना गायक स्वयं राईले नै गरेका हुन भने संगीत र संगीत संयोजन पबिधन खालिङले गरेका हुन् । नेपाली भाषा अन्तरगतका विभिन्न राष्ट्रिय अवार्ड तथा सम्मान कार्यक्रमहरु हुँदै आइरहेको अवस्थामा नेशनल पावर न्यूज एण्ड मिडिया इन्टरटेनमेन्टले नेशनल पावर न्यूज म्युजिक अवार्ड २०१८ आयोजना गरेको हो ।

यस अवार्ड कार्यक्रममा चलचित्र, आधुनिक, लोकपप, लोकगीत तथा भाषिक विधाबाट राई, मगर, गुरुङ, शेर्पा, लिम्बु, थारु, नेपाल भाषा, तामाङ लगायत दर्जनौ भाषिक गीतहरु समाबेश गरिएका थिए । सर्वोत्कृष्ट रचना, संगीत, गायन, म्युजिक भिडियो तथा कृटिक्स अवार्ड प्रदान गरिएको छ ।

Tags: 

Subscribe to Comments RSS Feed in this post

One Response

  1. Congratulation ii well.done

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*