‘सोलुखुम्बु आउनु है हजुर’लाई भ्रमण वर्ष २०२० को अफिसियल गीत बनाउने पर्यटनमन्त्री अधिकारीको घोषणा   •   अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पणसँगै अर्जुन चिन्तन र आन्दोलनमाथि बहस   •   नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक   •   नुवाकाेटकाे घ्याङ्फेदी दुर्घटनाः घटनास्थलमै मृतकहरूकाे पाेष्टमार्रटम   •   यसरी बने सिडी विजय अधिकारी ‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता   •   इम्जा तालको लम्बाई बढ्दै, गुगल अर्थको तस्बिरमा अवस्था सामान्य

विश्वकप फुटबलको उपाधि ट्रफीसँगै ३९ मिलियन डलर

43561

???????????????????????????काठमाडौं । रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि जितेको फान्सले कती पुरस्कार पाउला भन्ने चासोको विषय हुन सक्छ । फान्सको उपाधि जितेर १८ क्यारेट सुनको ट्रफीसँगै ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ।

दोस्रो बन्न सफल क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ। यस्तै चौथो भएको इंल्याण्डले २२ मिलियन डलर पाएको छ।

क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६- १६ मिलियन डलरका दरले पुरस्कार पाएका छन्। क्वार्टरफाइनलबाट बाहिरिनेमा उरूग्वे, ब्राजिल, रसिया र स्विडेन छन्।

उता प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिम (पोर्चुगल,अर्जेन्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विटजरल्याण्ड र कोलम्बिया) ले १२-१२ मिलियन अमेरिकी डलर पाएका छन् । समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८ -८ मिलियन डलर पाएका छन्।

रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको छ। यसअघि ब्राजिल विश्वकप सन् २०१४ को विश्वकप तुलनामा ४० प्रतिशत अर्थात ३० लाख डलर बढी छ।

ब्राजिलको विश्वकपमा कुन पुरस्कार राशी ५७६ मिलियन डलर थियो भने २०१० मा दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा यो रकम ४२० मिलियन डलर थियो।

स्पेनमा १९८२ भएको विश्वकपमा २० मिलियन डलर, मेक्सिकोमा १९८६ मा २६ मिलियन डलर, इटालीमा १९९४ मा ५४ मिलियन डलर, अमेरिकामा १९९४ मा ७१, फ्रान्समा १९९८ मा १०३, दक्षिण कोरिया र जापानको संयुक्त आयोजनामा २००२ मा भएको विश्वकपमा १५६।६ र जर्मनीमा २००६ मा सम्पन्न खेलमा २६६ डलर पुरस्कार थियो। इतिहास हेर्ने हो भने विश्वकपको पुरस्कार राशी प्रत्येकपटक बढ्दै गएको देखिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*