मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे

43573

 37273126_10213780357396690_6388018899312443392_nऊर्जा खबर/काठमाडौं,  आफूले लगानी गर्ने निश्चित भएको अरुण तेस्रो (तत्कालीन समयमा ४०२ मेगावाट) जलविद्युत आयोजनाबाट बाहिरिएको विश्व बैंकले झन्डै २३ वर्षपछि त्यही नदी बेसिनको अर्को आयोजनामा इच्छा देखाएको छ । नेपालको जलविद्युत विकासमा सहयोग गर्न तत्पर रहेको भन्दै उसले यस्तो इच्छा देखाएको हो । बैंकले यसको जानकारी बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई समेत गराएको छ ।

मन्त्री पुनसँगको भेटमा नेपाल, भुटान र बंगलादेश हेर्ने बैंकका आवासीय निर्देशक कुइमियाओ फानले ७ सय २५ मेगावाटको माथिल्लो अरुण निर्माणमा सहयोग गर्ने बचन दिएका छन् । आयोजना निर्माणमा बैंकको सहयोग आवश्यक रहेको भन्दै मन्त्री पुनले उचित वातावरण तयार गरिदिने बताए । मन्त्रीसँगको छलफलमा फानले नेपाल–भारत तथा नेपाल–बंगलादेशबीच निर्माण हुने अन्तरदेशीय प्रशारण लाइनमा समेत सहयोग गर्ने धारणा राखे । बंगलादेशसँग विद्युत व्यापार सम्झौता (पिटिए) भए प्रशारण लाइनमा बैंकले सहयोग गर्ने उनले दोहोर्याए ।

बैंक अरुण तेस्रोबाट बाहिरिएको दशकौंपछि पुनः त्यही बेसिनको अर्को आयोजनामा प्रवेश गर्न खोज्नुलाई यस क्षेत्रका जानकारले अर्थपूर्णरूपमा हेरेका छन् । तत्कालीन नेकपा एमालेको सरकारका पालामा २०५२ साल साउन १८ गते अयाेजना खारेज भएको थियो । आयोजना एमालेकै नेताका कारण खारेज भएको आरोप लाग्दै आएको छ । यद्यपि, विश्व बैंकले आफ्नो स्वार्थ अनुकूल नहुने देखेपछि आयोजनाबाट हात झिकेको यस क्षेत्रका विश्लेषकको भनाइ छ । एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले मध्यावधि चुनाव हुने समयमा प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सहयोग पुग्ने गरी आयोजना निर्माण गर्न नहुने भन्दै विश्व बैंकलाई पत्र लेखेपछि रद्द भएको थियो । मुख्य लगानीकर्ता विश्व बैंकले २०५२ साउन १९ गते विज्ञप्ति निकालेर आयोजनाबाट बाहिरिएको जानकारी गराएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*