टुर्गानले मनायो ३०औं अन्तर्राष्ट्रिय टुरिष्ट गाइड दिवस   •   ‘विपावर’काे पहिलाे क्षेत्रीय सम्मेलन सुरु   •   ६ सचिवको सरूवा, पर्यटन मन्त्रालयमा सापकोटा   •   विदेशी लगानीका पाँच किसिमका परियोजनालाई हेजिङ सुविधा प्रदान   •   सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सफल भएका छौं: गृहमन्त्री थापा   •   सुदूरपश्चिम प्रदेशसभामा प्रधानमन्त्री ओली: विकासकाे नायक बन्न सांसदहरूलाई आग्रह

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

43890

mofaldकाठमाडौं,२५ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए ।

अडियो सेवा नेपाल टेलिकमबाट निःशुल्क रुपमा उपलब्ध हुनेछ । नोटिस बोर्डमा स्थानीय तहका काम कारवाही, सूचना र जानकारीमूलक कुरा सेवाग्राहीले सजिलै पाउने उनले बताए ।

‘‘एक जना कर्मचारीको आवाजमा स्थानीय तहका सूचना र जानकारीमूलक कुरा रेकर्ड गरेर नोटिस बोर्डमा राखिन्छ’’ सूचना तथा प्रविधि शाखाका कम्प्युटर अधिकृत देवेन्द्रकुमार झाले भने, ‘‘यसरी राखिएको नोटिस बोर्डको सूचनालाई सेवाग्राहीले २४ घण्टा फोन गरेर सुन्न सक्दछन् ।’’

नोटिस बोर्डमा २ देखि ३ मिनेटसम्मको आवाज रेकर्ड गरेर राखिन्छ । सामजिक सुरक्षाभत्ता लगायत सूचनाहरु समेत नोटिस बोर्डमा राखिने उनले जानकारी दिए ।

टेलिकमले उपलब्ध गराएको ल्याण्डलाइन फोनमा सेवाग्राहीले फोन गरेपछि नोटिस बोर्डबाट स्थानीय तहका गतिविधि समेत जानकारी पाउने छन् । उक्त ल्याण्डलाइन नम्बरमा फोन गर्नका लागि निःशुल्क रुपमा व्यवस्था गरिएको कम्प्युटर अधिकृत झाले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*