मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

अखाद्य वस्तु मिसाइएको उजुरीपछि फेमिली तेलको गोदाममा शिलबन्दी

43894

family telवीरगंजः ‘फेमिली’ तोरीको तेल उत्पादन गर्ने बाराको शिवशक्ति रिफाइनरी प्रा.लिमा जिल्ला प्रशासन कार्यालय बाराले छापा मारी गोदाममा शिलबन्दी गरेको छ।

फेमिलीको ब्रान्डमा अखाद्य वस्तु मिसाइएको प्रशासनमा उजुरी परेपछि आवश्यक कारबाहीका क्रममा जितपुरमा रहेको उद्योगमा छापा मारेर गोदाम शिलबन्दी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले जानकारी दिए।

कार्यालयका अधिकृत मुरारी कार्कीको नेतृत्वको टोलीले तेलको विषयमा छानबिन गरिरहेको उनले बताए।

नमुना परीक्षणको प्रतिवेदन नआएसम्म शिलबन्दी गरिएको उद्योगको गोदाम र थोक बिक्रेतालाई तेल बिक्रीमा प्रशासनले रोक लगाएको छ।

नितनपुर, बारास्थित त्रिवेणी टेक्सटायल्स प्रालिभित्र मजदुरको लागि सञ्चालित क्यान्टिनले खरिद गरेको ४८ कार्टुन फेमिली तोरीको तेलको रङ र बास्ना फरक परेपछि क्यान्टिन सञ्चालकले इलाका प्रहरी कार्यालय सिमरामा उजुरी गरेका थिए।

सोही क्रममा आवश्यक छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाराले छापा मारेको हो। वीरगंजको गुणस्तर तथा नापतौल विभागका कर्मचारी सम्मिलित छापा टोलीले उक्त तेलमा अखाद्यय वस्तु मिसाइएको आशंका गर्दै फेमिलीको उक्त ब्याचका उत्पादन नबेच्न निर्देशनसहित उद्योग र थोक बिक्रेताको पसलमा शिलबन्दी गरेको हो। फेमिलीको थोक बिक्रेता हनुमान सप्लायर्स जितपुरमा पनि १६५ कार्टुन तेलमा शिलबन्दी गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*