डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

मनाङ र से फोक्सुण्डोमा लगानी गर्ने लगानी बोर्डको तयारी

स्की र लक्जरी रिसोर्टको सम्भाव्यता खोजी कार्य सुरु

43900

se-foksondo-780x405काठमाडौं । मनाङ र से फोक्सुण्डोमा लगानी गर्न पर्यटकीय सम्भावनाको खोजी कार्य सुरु भएको छ । लगानी बोर्डले मनाङमा स्की रिसोर्ट र से फोक्सुण्डोमा लक्जरी रिसोर्टको सम्भावना खोज्ने कम्पनीको छनौट सुरु गरेको हो ।

बोर्डले सार्वजनिक सूचना प्रकाशित गरेर सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीहरुलाई आव्हान गरेको हो । बोर्डले २१ दिनभित्र मनाङमा हिउँ खेल्ने स्की रिसोर्ट, डोल्पाको से फोक्सुण्डोमा लक्जरी रिसोर्ट, कुनै उपयुक्त ठाउँमा शिसा उद्योग, एकिकृत कृषि केन्द्र, शिक्षा, स्वास्थ्य तथा खेलकुद शहर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनौट गर्न लागेको हो ।

पाँच करोड भन्दा बढी रकम विनियोजन गरिएको लगानी बोर्डका प्रवक्ता उत्तम भक्त बाग्लेले विकासन्युजलाई जानकारी दिए ।
सम्भाव्यता अध्ययनपछि डीपीआर निर्माणको बाटोमा अघि बढ्ने पनि उनले जानकारी दिए । न्युनतम ६० अंक ल्याउने उत्कृष्ठ ६ वटा आवेदकलाई प्रारम्भिक छनौटमा सहभागी गराइने पनि बोर्डले जनाएको छ ।

नेपाललाई हिमालयन पर्यटन गन्तव्यका रुपमा स्थापीत गर्न स्की रिसोर्ट र लक्जरी रिसोर्ट निर्माण गर्न लागिएको हो । त्यस्तै, शिक्षा स्वास्थ्य र खेलुकदको हबका रुपमा पनि नेपाललाई स्थापना गर्न सकिने देखेरै त्यस्तो शहरको अवधारणा अघि सारिएको पनि बोर्डले जनाएको छ । एकिकृत कुषि केन्द्र र शिसा उद्योगले पनि नयाँ आयाम थप्ने बोर्डको बुझाई रहेको छ ।ibn_eoi


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*