टुर्गानले मनायो ३०औं अन्तर्राष्ट्रिय टुरिष्ट गाइड दिवस   •   ‘विपावर’काे पहिलाे क्षेत्रीय सम्मेलन सुरु   •   ६ सचिवको सरूवा, पर्यटन मन्त्रालयमा सापकोटा   •   विदेशी लगानीका पाँच किसिमका परियोजनालाई हेजिङ सुविधा प्रदान   •   सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सफल भएका छौं: गृहमन्त्री थापा   •   सुदूरपश्चिम प्रदेशसभामा प्रधानमन्त्री ओली: विकासकाे नायक बन्न सांसदहरूलाई आग्रह

युनाइटेड पिपुल्सको एक दिने ट्रेनिङ वर्कसप भव्यतापूर्वक सम्पन्न (फोटो फिचरसहित)

तालिम अत्यान्तै राम्रो भएको सहभागिहरुको प्रतिक्रिया

43908
  • शिखरपोष्ट रिपोर्टर

12काठमाडौं, २६ साउन २०७५ । युनाइटेड पिपुल्स बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले एक दिने ट्रेनिङ वर्कसप भव्यतापूर्वक सम्पन्न गरेको छ । उक्त ट्रेनिङ वर्कसप शनिबार काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टीप्यालेसमा सम्पन्न भएको हो ।

टिम विल्डिङ एण्ड इट्स स्ट्रेन्थ इफेक्टिभ कस्टमर रिलेशनशिप म्यानेजमेन्ट र मोर्डन मोटिभेसन टेक्निक्स् गरी तीन वटा शिर्षक रहेको उक्त तालिममा ८० जना भन्दा बढिको सहभागिता रहेको थियो । तालिममा सहभागि हुनेमा व्यवसायी, समाजसेवी, राजनीतिज्ञ, विजनेशमेन तथा विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरु रहनुभएको थियो ।

11तालिमको मुख्य प्रशिक्षकको रुपमा चार दशकभन्दा बढि यसै क्षेत्रमा प्रशिक्षण दिदै आउनुभएका शम्भुप्रसाद शर्मा रहनुभएको थियो भने युनाइटेड पिपुल्स बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देशक मानवीर राई र सचिव अर्जुन राईले तालिममा सहजीकरणको भूमिका निर्वाह गर्नुभएको थियो ।

तालिम अत्यान्तै जीवनोपयोगी र मार्गनिर्देशक भएको सहभागि प्रक्षिार्थीहरुले प्रतिक्रिया दिएका छन् । उनीहरुले आगामी दिनमा पनि यस्ता तालिमको खाँचो औल्याए ।

युनाइटेड पिपुल्स बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामकुमार थुलुङ र मुख्य प्रशिक्षक शर्माले दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको उक्त तालिम समापन समारोहबीच प्रक्षिार्थीहरुलाई संस्थाको तर्फबाट सर्टिफिकेटसमेत प्रदान गरियो ।
15614 161 2 4 5 7 8 9 10 13फोटो: बसन्त खालिङ/शिखरपोष्ट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*