मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

साउन २६ गतेलाई राष्ट्रिय नृत्य दिवशको रुपमा मान्यता दिने संस्कृतिमन्त्री अधिकारीको घोषणा

दोस्रो राष्ट्रिय नृत्य महोत्सब सम्पन्न (फोटो फिचरसहित)

43928
  • शिखरपोष्ट रिपोर्टर

mantri adhikariकाठमाडौं, २६ साउन २०७५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले हरेक साउन २६ गतेको दिनलाई राष्ट्रिय नृत्य दिवशको रुपमा मान्यता दिने घोषणा गर्नुभएको छ । नृत्य निर्देशक संघ, नेपालद्धारा भृकुटीमण्डपमा आयोजित दोस्रो राष्ट्रिय नृत्य महोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो घोषणा गर्नुभएको हो ।

नेपाल बहुसाँस्कृतिक, बहुधार्मिक र बहुजातीय मुलुक भएको उल्लेख गर्दै उहाँले यहाँको कला, संस्कृति संरक्षण र प्रवद्र्धनमा नृत्य क्षेत्रको महत्वपूर्ण भूमिका रहने विश्वाससमेत व्यक्त गर्नुभयो । आगामी दिनमा यस क्षेत्रलाई सम्मानित क्षेत्रको रुपमा विकास गर्न राज्यस्तरबाटै पहल गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।

tt uu yyसंघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रदिपमान श्रेष्ठले नृत्यकै माध्यमबाट मुलुकको पहिचान दिलाउन सकिने भन्दै राज्य पक्षबाट यसको उत्थानका लागि पहल गरिनुपर्नेमा जोड दिनुभयो । संघका केन्द्रीय सदस्य केशब कोइरालाले यस्ता महोत्सवको माध्यमबाट मुलुकको कुनाकन्दरामा लुकेर रहेका कला संस्कृतिको उजागर हुनुका साथै संरक्षणमा टेवा पुग्ने बताउनुभयो । उहाँले सरकारले नृत्य क्षेत्रलाई प्रोत्साहन दिन खालका कार्यक्रम गर्नुपर्नेसमेत बताउनुभयो ।

संघले आफ्नो स्थापना भएको दिनलाई अवसर पारेर आयोजना गरेको उक्त महोत्सवमा देशका विभिन्न जिल्ला र क्षेत्रबाट प्रतिनिधित्व गर्दै मौलिक नृत्यहरु प्रदर्शन गरिएको थियो । सो अवसरमा वाइल्ड रिपच्ड क्यूलगायतलाई नृत्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मानित गरिएको थियो ।

कार्यक्रम सुरु हुनुभन्दा अगाडि विविध झाँकीसहित र्‍यालीसमेत निकालिएको थियो । a b c ee ff gg hh jj ll oo pp uuफोटो: गंगाराम राई


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*