नेकपाले टुंग्यायो जिल्ला र महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज तथा   •   बाढीपहिरो अपडेट: मृत्यु हुने ६० पुगे, २६ बेपत्ता र ३८ घाइते   •   वडा अध्यक्षका कारण सुन्दरीजलमा मेलम्ची आयोजनाको काम रोकियो   •   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समयावधि थप   •   प्रदेश १ को निर्णय : मृतकका परिवारलाई २ लाख, घाइतेको निःशुल्क उपचार   •   विपदमा उद्धार र राहतसम्बन्धी सरकारले गर्‍यो यस्तो निर्णय

दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

43989

images cms-image-000047926काठमाडौं । संसदकाे अर्थ समितिले देश संघीयतामा गएपछि दोहोर रुपमा लागेको कर हटाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले मंगलबार संघ, प्रदेश र स्थानीय तहमा जथाभावी र दोहोरो रुपमा उद्योगी, व्यवसायी तथा पेशाकर्मीमाथि लगाएकाे दोहोरो करलाई समन्वय गरेर हटाउन निर्देशन दिएको हो।

समिति बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई समन्वायत्मक ढंगले काम गर्न पनि निर्देशन दिएकाे छ।

हाल विभिन्न प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्र मिचेर अधिक मात्रामा करहरु लगाएका छन्। जसका कारण कतिपय क्षेत्रमा स्थानीयले एउटै वस्तु तथा सेवामा एकै प्रकतिका दोहोरो कर तिरिरहेका छन्।

यस्ताे करले नागरिकलाई सास्ती भएको भन्दै चौतर्फी आलोचना भइरहँदा संसदीय समितिले निर्देशन दिएकाे हाे। समितिले एकै प्रकतिका वस्तु तथा सेवामा विभिन्न तहमा नागरिकको आर्थिक क्षमता विपरित करहरु निर्धारण गर्नु प्रचलित कानुन र सिद्धान्त विपरित हुने समेत उल्लेख गरेकाे छ।

अधिकार क्षेत्रभित्रै भए पनि अस्वभाविक दरमा लगाएका कर पनि खोरज गर्न पनि सरकारलाई निर्देशन दिएको छ। समितिले अर्थ मन्त्रालयलाई कर निर्धारणबारे आवश्यक अध्ययन गरेर समस्या समाधानको नेतृत्व लिन समेत भनेकाे छ।

कानुनी व्यवस्थाका कारण अहिलेको अवस्था आएको भएर संशोधन गर्न र निश्तित आधार र मापदण्ड बनाएर मात्रै कर निर्धारण गर्ने व्यवस्था बनाउन समितिले सरकारलाई भनेको छ। समितिले जतिसक्दो छिटो राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठनलाई पूर्णता गराउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*