‘औँठी खसेछ’मा सिते बा र चन्द्रमुखीको रोमान्स   •   प्रदेश नम्बर १ मा ‘चिया पर्यटन’ बिकास गर्ने मन्त्री आङ्बोको उद्घोष   •   सांसद हेमकुमार राई (सुरबीर)ले यसरी बाँडे सांसद कोषको ४ करोड   •   उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही   •   बजार हिस्सा गुमाउँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम   •   सरकार निर्वाचनमा गरिएका प्रतिबद्धताबाट बाहिर गएको छैन : पर्यटनमन्त्री अधिकारी

तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको ‘नमुना एकीकृत बस्ती’

सिंगो जिल्लालाई स्मार्ट बनाउने कामको सुरुवात भएको सांसद राईको भनाइ

44001
  • शिखरपोष्ट रिपोर्टर

11काठमाडौं । थुलुङ दुधकोशी गाउँपालिकाले मुक्लीमा निर्माण गर्न लागिएको एकीकृत नमूना बस्तीको भौगोलिक एवं प्राविधिक अध्ययनसहितको अवधारणालाई अन्तिम रुप दिएको छ । गाउँपालिकाद्धारा विहिबार काठमाडौंको सम्पदा गार्डेनमा एक कार्यक्रम आयोजना गरी पहिलो चुरणको पूर्वाधार निर्माण कार्य अघि बढाउने घोषणा गर्नुभयो । यो अवधारणा कुनैपनि शहरको कपी नभई विल्कुलै त्यही गाउँको भूगोल माटो, संस्कृति, वतावरण र समुदाय सुहाउँदो सुन्दर नमुना बजार बनाउन लागिएको अध्यक्ष राईको दाबी छ ।

उहाँले अवधारणालाई अहिलेको स्तरमा ल्याईपु¥याउनका लागि हजार चुनौतिहरु आएपनि त्यसको सामना गर्दै हिम्मतका साथ अघि बढेको बताउनुभयो । उहाँले केही नयाँ काम गरौं भन्ने एउटा यूवाको परिकल्पनालाई अहिले आर्किटेक्चर, इन्जिनियरहरुले एउटा स्वरुप दिएको बताउँदै यो दीर्घकालिन योजनाको रुपमा स्थापित हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उहाँकाअनुसार अवधारणाको पहिलो चरणका लागि २०६ रोपनी जग्गा उपलब्ध भइसकेको र त्यही क्षेत्रफलभित्र निर्माणको काम अघि बढाईने र थप योजना बनाएर दोस्रो चरणको कार्यक्रम अघि बढाईने बताउनुभयो । पहिलो चरणको लागि मात्रै करिब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

उहाँले गत एक वर्षे आफ्नो कार्यकालको समिक्षा गर्दै नयाँ बजेटमार्फत नमुना एकीकृत बस्ती, अर्गानिक भिलेज, इको भिलेज, प्रविधिमैत्री विकास र ओगेनाम बृहत्तर कोषलाई गाउँपालिकाको गौरबको आयोजनाको रुपमा अघि बढाएकोसमेत बताउनुभयो ।

2उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरबीर)ले थुलुङ दुधकोशी गाउँपालिकाबाट समग्र जिल्लालाई नै स्मार्ट बनाने कामको सुरुवात भएको बताउनुभयो । उहाँले जिल्लाकै पहिलो नमुना एकीकृत बस्ती अवधारणाको प्रभावकारी कार्यान्वयनमार्फत अरु गाउँपालिकाहरुलाईसमेत यसतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । गाउँको मुहार बदल्ने गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिहरुको यो दुस्साहस कदरयोग्य रहेको भन्दै सांसद राईले थुलुङ दुधकोशी गाउँपालिकाको अवधारणाअनुसार नै भविष्यमा सिंगो जिल्लालाई नै स्मार्ट सिटीको रुपमा विकास गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।

प्रदेश नम्बर १ का सांसद उत्तमकुमार बस्नेतले नमुना एकीकृत बस्ती निर्माण अवधारणा अघि बढाएर जनप्रतिनिधिहरुले दुस्साहस गरेको बताउँदै यो अभियानलाई सफल पार्न सबैले आआफ्नो तहबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो पालामा हाम्रै पाराको सपना साकार पार्ने पहिलो प्रयास हो यो’ उहाँले भन्नुभयो ‘यो जनताको सम्पति हो । यसलाई पूरा गर्नका लागि सबैको साथ सहयोग आवश्यक छ ।’

कार्यक्रममा एकीकृत नमूना बस्ती निर्माणको बारेमा विज्ञहरुले सहजिकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुमध्येबाट कृषि मन्त्रालयका सहसचिव योगेन्द्र कार्की, जिल्लाका नेता तथा उद्योगी प्रकाससिंह कार्की, बुद्धिजिवी माओ राई, योजनाविद कुमार धमलाले सल्लाह, सुझाव दिनुभएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्यसहित नेकपा केन्द्रीय सदस्य राजेन्द्र बस्नेत, नेकपा सोलुखुम्बुका नेता मानवीर राई, नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेत, नेकपा सोलुका नेता कज्र्याङ शेर्पा, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराती, बरिष्ठ समाजसेवी तथा जग्गादाता बलराम गुरुङ, पूर्व एआईजी मिङमार लामालगायतको उपस्थिति रहेको थियो ।1 4 5 6 7 8 9 10dd3

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*