‘सोलुखुम्बु आउनु है हजुर’लाई भ्रमण वर्ष २०२० को अफिसियल गीत बनाउने पर्यटनमन्त्री अधिकारीको घोषणा   •   अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पणसँगै अर्जुन चिन्तन र आन्दोलनमाथि बहस   •   नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक   •   नुवाकाेटकाे घ्याङ्फेदी दुर्घटनाः घटनास्थलमै मृतकहरूकाे पाेष्टमार्रटम   •   यसरी बने सिडी विजय अधिकारी ‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता   •   इम्जा तालको लम्बाई बढ्दै, गुगल अर्थको तस्बिरमा अवस्था सामान्य

कुमार प्रयासको स्वर र गौरब राईको संगीतमा बनेको ‘प्रवेश निषेध’ यूट्युमार्फत सार्वजनिक (भिडियोसहित)

44375
  • शिखरपोष्ट रिपोर्टर

कुमार प्रयासको स्वर र गौरब राईको संगीतमा बनेको प्रवेश निषेध यूट्युमार्फत सार्वजनिक (भिडियोसहित)काठमाडौं, २९ भदौं २०७५ । गायक कुमार प्रयासको स्वर तथा संगीतकार गौरब राईको संगीत संयोजनमा बनेको प्रवेश निषेध बोलको आधुनिक गीत यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द रहेको उक्त गीतको भिडियो गाउँले इन्टरटेनमेन्ट यूट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

यस गीतका संगीतकार गौरब राई नेपाली संगीत आकाशमा उदियमान प्रतिभा हुन् । उनले विगत लामो समयदेखि सोलुखुम्बु जिल्ला स्तरीय रुपमा आयोजना हुने अधिकांश सांगीतिक कार्यक्रमहरुमा प्रमुख जर्जको भूमिका निर्वाह गर्दै आएका छन् ।

मञ्जुश्री स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतको एरेञ्ज गोपाल रसाइलीले गरेका हुन् भने प्रकाश खरेलको मिक्सिङ रहेको छ । यस गीतको भिडियो सम्बन्धि सबै काम भने गाउँले इन्टरटेनमेन्टले गरेको हो । भिडियोको लागि क्यामेरा र सम्पादनको काम गंगाराम राईले गरेका हुन् ।

प्रवेश निषेध बोलको गीत निकट भविष्यमै आउन लागेको गायक कुमार प्रयासको सोलो एल्बममा पनि समेटिने जानकारी शिखरपोष्टलाई प्राप्त भएको छ ।

भिडियो:


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*