डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

माप्य दुधकोशी गाउँपालिका अध्यक्षको हातबाट ‘रोख्तोकाम्’को लोकार्पण (फोटो फिचरसहित)

बाल मनोविज्ञानलाई मार्गनिर्देश गर्ने ऐतिहासिक कामः अध्यक्ष बुद्धिकिरण राई, हरेक हिसाबले उत्कृष्ठ कृतिः संगीतकार शान्तिराम राई

44395
  •  शिखरपोष्ट रिपोर्टर

rokhtokom1काठमाडौं, ३० भदौं २०७५ । किरात खालिङ राई उत्थान संघ, अमेरिका शाखाको विशेष पहल तथा अन्य विभिन्न शाखाहरुसँगको सहकार्यमा तयार पारिएको खालिङ भाषाको बाल गीति संग्रह रोक्तोकोम (इन्दे्रनी)को भव्य रुपमा लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक भव्य समारोहबीच माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, बरिष्ठ संगीतकार प्राज्ञ शान्तिराम राई र खालिङ संस्थाका केन्द्रीय अध्यक्ष अर्जुन खालिङले संयुक्त रुपमा उक्त एल्बमको लोकार्पण गर्नुभएको हो ।

खालिङ संघ केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एल्बमको कभर अनावरण गरिनुका साथै पृष्ठभूमिमा एल्बममा समेटिएका गीतहरु बजाइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष राईले रोख्तोकोम् गीति संग्रह निर्माण गर्नु सिंगो समुदायका लागि ऐतिहासिक र गौरबको विषय भएको बताउनुभयो । भाषा संरक्षण गर्नु चुनौतिपूर्ण कार्य भएको उल्लेख गर्दै उहाँले त्यही चुनौतिलाई चिर्नका लागि यो एल्बम कोशेढुंगा सावित हुने धारणा राख्नुभयो ।

बाल मनोविज्ञानलाई सहि मार्गनिर्देश गर्नका लागि यो एल्बममा समेटिएका गीतहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिनुभयो ।  अध्यक्ष राईले खालिङ संस्थाले स्वतस्फुर्त रुपमा अघि बढाउँदै आएको काममा टेवा पुग्ने हिसाबले खालिङ संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनका लागि गाउँपालिकाबाट दश लाख रुपैयाँ विनियोजन गर्ने घोषणासमेत गर्नुभयो ।

एक अर्को प्रसंगमा अध्यक्ष राईले गाउँपालिकाले जनताको चाहाना र आवश्यकताको सिद्धान्तअनुरुप प्राथमिकताका आधारमा विकास निर्माणको कामलाई तीब्रता दिइरहेको दाबी गर्नुभयो । दुधकोशीको हाईड्रो पावर, वाप्सा तामाखानी, सडक सञ्जालको स्तरोन्नति गर्ने, दुधकोशी नदिमा बेलिब्रिज राखेर खुम्बु क्षेत्रको पर्यटक आकर्षण बनाउने तथा संस्कृति पर्यटन प्रवद्र्धन गर्ने, खरी ढुंगाको प्रसोधनलगायतका कार्यहरुलाई प्राथमिकतामा राखिएको भनाइ उहाँको थियो ।

rokhtokomबरिष्ठ संगीतकार शान्तिराम राईले एल्बमको समिक्षा गर्दै यो एल्बममा समेटिएका सबै गीतहरु बाल मनोविज्ञानलाई बुझेर त्यसकै स्तरबाट बनेको हुनाले उत्कृष्ठ कृतिको रुपमा प्रमाणित भएको बताउनुभयो । रोख्तोकोमसँग आफ्नो पनि भावना जोडिएको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘संगीतको साइनोमात्रै नभएर यसमा लेखिएका शब्दहरुमार्फत भाषा उजागरका हिसाबले पनि योसँग मेरो भावना जोडिएको छ । एल्बमको सांगीतिक पाटोबाट हेर्दा निक्कै राम्रो छ । विशेषगरी बालबालिकाको लागि बनेको यो गीत खालिङले मात्रै नभएर सबै नेपालीले सन्नैपर्छ ।’
शहरीकरणसँगै भाषा, संस्कृति लोप भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले भाषा नै नरहे मान्छेको केही पनि नरहने हुनाले गीत संगीतको माध्यमबाट समुदायलाई झक्झकाउने काम गरेको बताउनुभयो ।

संगीतकार राईले रोख्तोकोम एल्बमका संयोजक तथा संगीतकार पविधन खालिङको पहल र कार्यकुशलताको प्रशंसा गर्दै अमेरिकाको व्यस्त दैनिकीका बाबजुद पनि सिंगो खालिङ समुदाय र नेपाली सांगीत क्षेत्रमा प्रेरणात्मक सन्देश प्रवाह गर्नका लागि उहाँको महत्वपूर्ण योगदान रहेको पनि बताउनुभयो ।

जिमी राई उत्थान समाज, सोलुका केन्द्रीय अध्यक्ष यस बहादुर राईले खालिङ समुदायको जागरण र एकता लोभलाग्दो रहेको भन्दै नयाँ पिडीलाई थप प्रोत्साहन गर्नका लागि रोख्तोकोम्ले महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उहाँले समुदायलाई अगाडि बढाउनका लागि आफ्नै कला, संस्कृति र भाषाको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।

संस्थाका केन्द्रीय अध्यक्ष अर्जुन खालिङ रोख्तोकोम् जस्तो महत्वपूर्ण कृति निर्माणका लागि संघ, अमेरिका शाखा तथा अन्य विदेश शाखाहरु, एल्बम संयोजक संगीतकार पविधन खालिङ, प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने संसारभर छरिएर रहेका खालिङहरुको योगदानप्रति आभार प्रकट गर्दै संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले खालिङ समुदायले आफ्नो अस्तित्व स्थापित गर्नका लागि विभिन्न आन्दोलन छेड्दै आएको उल्लेख गर्दै यस्ता कृतिहरुले यूवा पिडीमा जागरण ल्याउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

खालिङ भाषाविद् धन खालिङले भाषागत शब्द रचना, स्वर तथा संगीत संयोजनको हिसाबले यो एल्बम अत्यान्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले बालबालिकाको मनोविज्ञान र समुदायलाई भावनात्मक एकताको सुत्रमा बाध्न योग्दान पुग्ने बताउनुभयो । खालिङ संस्थाका निवर्तमान अध्यक्षसमेत रहनुभएको उहाँले यस एल्बम तयार पार्नका लागि मुख्य भूमिका खेल्ने पविधन खालिङ, अमेरिका शाखालगायत सबै सहयोगीहरुप्रति धन्यवादसमेत प्रकट गर्नुभयो ।

शिखरपोष्ट मिडिया गु्रपका अध्यक्ष प्रकाश खालिङले गीत संगीत मनोरञ्जनको माध्यममात्रै नभएर जनचेतना जगाउँने माध्यम भएकाले खालिङ भाषाको कृति एकपछि अर्को गर्दै थपिदै जानु सिंगो समुदायका लागि गौरबको विषय भएको बताउनुभयो । खालिङ समुदायले विगत लामो समयदेखि संस्थागत र विभिन्न तवरबाट अघि बढाउँदै आएको कला, संस्कृति, भाषा, भेषभूषाको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनको अभियानमा रोख्तोकोम्ले एउटा इटा थप्ने काम भएको भन्दै आगामी दिनमा यस्ता खालका कामहरुको राज्यस्तरबाट मुल्यांकन र प्रोत्साहन हुनुपर्नेमा जोड दिनुभयो ।

माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष धनकुमार राईले खालिङ भाषाको कृति आउनु अत्यान्तै सह्रानीय काम भएको बताउनुभयो । डाइनास्वरको कथन गर्दै खालिङ समुदायले समय र परिस्थितिअनुसार कला, संस्कृति र भाषा, भेषभूषाको प्रचारप्रसार गर्न नसके खालिङ भाषा पनि इतिहास बन्ने बताउनुभयो ।

माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष दिनेश राईले खालिङ भाषाको गीतले भाषा संरक्षण र प्रवद्र्धनमा योग्दान पुग्ने विश्वास व्यक्तगर्नुभयो । कार्यक्रमको बीचमा संघ अमेरिका शाखाका अध्यक्ष मकर बहादुर खालिङ र संगीतकार पविधन खालिङको सन्देश सबैलाई सुनाइएको थियो ।

सो अवसरमा खालिङ संस्थाको नयाँ संरक्षक, आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो भने अघिल्लो देउसीभैलो कार्यक्रममा सहभागि कलाकारहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । यसैबीच संघ युके शाखाको तर्फबाट शाखाका अध्यक्ष पूर्ण बहादुर खालिङले पठाउनुभएको २७ हजार, मलेसिया शाखाको तर्फबाट शाखा अध्यक्ष जाङ्बु (पारुहाङ) खालिङ्ले पठाउनुभएको २७ हजार, जापानबाट लक्ष्मी खालिङले पठाउनुभएको ७ हजार रुपैयाँ रकम रोख्तोकोम टिमलाई हस्तान्तरण गरिएको थियो ।

गायक पूर्ण राईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा राजनीतिज्ञ, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा खालिङ समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

एल्बममा ७ वटा गीत समेटिएको छ । उक्त एल्बमका गीतमा बाल कलाकार प्रियंका र प्रतिक खालिङको साथमा गायिका यसोदा खालिङ तथा संगीतकार पविधन खालिङको स्वर रहेको छ भने सबै गीतको एरेञ्ज, संगीत र ६ वटा गीतको शब्द संगीतकार पविधन खालिङको रहेको छ । एउटा गीत भने गजलकार रेजिना खालिङको छ ।
10buddikiranshantiramyasarjundinesh rai14  4prakash khaling821 5  7 11 12 13 rokhtokom lokarpan copyफोटो: बसन्त खालिङ/शिखरपोष्ट


Subscribe to Comments RSS Feed in this post

One Response

  1. IT IS FABULOUS NEWS COVERED BY SHIKHAR POST MEDIA GROUP. WE KHALING AND ALL THE FOLLOWERS ARE GRATEFUL FOR SUCH A DETAILS NEWS. THANK YOU SO MUCH ENTIRE SHIKHAR POST MEDIA GROUP AND THANKFUL WITH PRESIDENT / SENIOR JOURNALIST PRAKASH KHALING.. BIG HANDS TO YOU

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*