‘सोलुखुम्बु आउनु है हजुर’लाई भ्रमण वर्ष २०२० को अफिसियल गीत बनाउने पर्यटनमन्त्री अधिकारीको घोषणा   •   अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पणसँगै अर्जुन चिन्तन र आन्दोलनमाथि बहस   •   नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक   •   नुवाकाेटकाे घ्याङ्फेदी दुर्घटनाः घटनास्थलमै मृतकहरूकाे पाेष्टमार्रटम   •   यसरी बने सिडी विजय अधिकारी ‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता   •   इम्जा तालको लम्बाई बढ्दै, गुगल अर्थको तस्बिरमा अवस्था सामान्य

संसदीय समितिका सभापतिको मनोनयन हुँदै, कुन समितिमा कसको उम्मेदवारी ?

44479

bicc-samsad-nepal-parliament_mEGOznFjz4काठमाडौं, ४ असोज । प्रतिनिधिसभाका दश विषयगत समितिको सभापति चयनका लागि बिहीबार मनोनयन हुँदैछ । प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बिहीबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता हुने छ।

प्रतिनिधिसभा नियमावलीको नियम १७३ (२) बमोजिम एक प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गर्न सकिनेछ । प्रतिनिधिसभा सचिवालय सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा मनोनयन हुनेछ । उम्मेदवारको अन्तिम सूची बिहीबार बेलुका साढे ५ बजे प्रकाशित हुनेछ ।

कुन समितिमा कसको उम्मेद्वारी ?
संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सहज बहुमत रहेको छ । निर्वाचन भएमा सबै समितिमा नेकपाले सहज जित हासिल गर्ने अवस्था छ । तर, संसदीय मान्यता अनुसार सार्वजनिक लेखा समिति प्रमुख विपक्षी दलले पाउनेछ ।

यस्तै, अन्य विषयगत समिति पनि दलीय सहमितमा बाँडफाँड भएका छन् । सत्ता साझेदार दल सङ्घीय समाजवादी फोरमले एक विषयगत समिति पाएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिमा फोरमले विमल श्रीवास्तावलाई सभापतिको उम्मेदवार बनाउँदै छ । अन्य आठ समितिमा नेकपाका सांसदहरूको उम्मेदवारी तय भएको छ ।

विपक्षी दलले अहिलेसम्म लेखा समिति बाहेकका अन्य समितिमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन । नेकपाको आन्तरिक सहमति अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाललाई सभापतिको उम्मेदवार बनाउने तयारी छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठलाई अघि सार्ने समझदारी बनेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल, कृष्ण सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदीलाई उम्मेदवार बनाउने तयारी छ । सुवेदी पहिलो संविधानसभामा उपाध्यक्ष थिए ।

महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती, र विकास तथा प्रविधि समितिमा कल्याणी खड्कालाई अघि सार्ने नेकपाको तयारी छ । संयुक्त सदनका सभापति चयनको प्रक्रिया भने अगाडि बढेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*