डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

आर्थिक अनियमितता नभएको भन्दै गाउँपालिकाले गर्‍यो समाचारको खण्डन (विज्ञप्तीसहित)

जनप्रतिनिधि र कर्मचारीको सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउनेगरी तत्थहिन प्रचार गरिएको भन्दै घोर भत्सर्ना

44485

mapya dudhkoshi शिखरपोष्ट रिपोर्टर

सोलुखुम्बु, ४ असोज २०७५ । माप्य दुधकोशी गाउँपालिकामा व्यापक आर्थिक अनियमितता भएको कान्तिपुर दैनिकमा प्रकाशित समाचारको गाउँपालिकाले खण्डन गरेको छ । गाउँपालिकाका प्रबक्तासमेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष निमराज तामाङले विहिबार जिल्लाको सदरमुकाम सल्लेरीको कामना होटलमा एक पत्रकार सम्मेलन गरी गाउँपालिकामा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पार्नुभएको हो ।

प्रबक्ता तामाङद्धारा एक प्रेस विज्ञप्तमार्फत सामाजिक सञ्जाल र मिडियामा प्रकाशित आरोपहरु आधारहिन र कपोकल्पित रहेको तथा विकास विरोधी तत्वबाट बदनियतपूर्ण तरिकाबाट गरिएको प्रचारबाजीमात्रै भएको स्पष्ट पारिएको छ । आर्थिक वर्ष २०७४/०७५ को बजेटमा कुनै पनि अनियमितता नभएको  भन्दै सामाजिक सञ्जालमा जनप्रतिनिधि र कर्मचारीहरुको सामाजिक प्रतिष्ठा तथा मर्यादामा आँच पु¥याउनेगरी दुष्प्रचार गरिएको प्रति घोर भत्सर्नासमेत गरिएको छ ।

‘हुँदै नभएको तथ्यहिन विषयलाई जबरजस्ती बंग्याई दिनरात जनसेवामा क्रियाशिल जनप्रतिनिधि र कर्मचारीलाई अनावश्यक रुपमा दुख दिने, जनतालाई भ्रममा पारी आफ्नो निहित स्वार्थ पूरा गर्न उद्दत, परिवर्तन र विकास विरोधी गिरोह, आधारहिन विषयमा सामाजिक सञ्जालमा अनावश्यक भ्रम फैलाउने, सत्यतथ्य खोजी विना समाचार लेख्नेसमेतलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरोकारवाला निकायसँग हार्दिक अपिल गर्दछौं’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएअनुसार गाउँपालिका र वडा स्तरमा सञ्चालित सबै योजनाको भुक्तानी वडा कार्यलयको फरफारक सिफारिस, वडा र पालिका स्तरीय योजना अनुगमन तथा सहजीकरण समितिको अनुगमन, प्रविधिको कार्यसम्पन्न प्रतिवेदन, उपभोक्तासमितिबाट पेस भएको विल, भर्पाइलगायत कागजात संलग्न राखी सिधै उपभोक्ता समितिको बैंक खातामार्फत रकम भुक्तान गरिएको छ । त्यस्तै स्वीकृत कार्यक्रमअनुसार मालसामान, सार्वजनिक निर्माण र परामर्श सेवा खरिद गरेको कम्पनी र आपूर्तिकर्तालाई पनि सिधै बैंकमार्फत नै भुक्तान गरिएको छ । त्यसैगरी फर्निचर र फिक्चर तथा प्राविधिक ईन्जिनियरिङ उपकरण खरिदमा कुनै अनियमितता नभएको दाबीसमेत गाउँपालिकाले गरेको छ ।

गाउँ सभाद्धारा विनियोजन भएबमोजिम सबै रकम खर्च भएको भन्दै विज्ञप्तीमा लेखिएको छ ‘शिर्षकलगायत अन्य चालुतर्फ छुट्याइएको रकम पुरै खर्चबाट बचत भएको करिब ७० लाख रुपैयाँभन्दा बढि बचत रकम गाउँपालिकाको सञ्चित कोषमा रहेकोसमेत स्पष्ट पार्न चाहान्छौं ।’

वडा नम्बर ७ जाने सडकको ट्रयाक कताबाट खोल्ने भन्ने विषयमा स्थानीयहरुबीच समझदारी हुन नसक्दा सामान्य विवाद भएको स्पष्ट पार्दै भनिएको छ ‘उक्त विषयमासमेत जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी र अन्य सरोकारवालाहरुद्धारा २०७५ साल बैशाख ५ गते नै विवाद समाधान गरी योजनासमेत सफल रुपमा सम्न्न भइसकेको स्पष्ट पार्न चाहान्छौं । यसरी समाधान भइसकेको विषयमा समेत भ्रम छर्न विवादित नै छ भनेर प्रचार गर्नु सान्दर्भिक र औचित्यपूर्ण देखिदैन ।’

गाउँपालिकाको सबै निर्णय तथा योजना कार्यान्वयन प्रचलित कानुनबमोजिम गरिएको दाबी पनि विज्ञप्तीमार्फत गरिएको छ ।

केही दिनअघि कान्तिपुर दैनिकले ‘गाउँपालिकाका अध्यक्ष अनियमितता विवादमा शिर्षकमा समाचार लेखेको थियो । उक्त समाचारमा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले मनोमानी निर्णय गरेकोकाले उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सर्वोच्च अदालतसम्म मुद्धा परेको र अख्तियारले प्रशासन कार्यलयमार्फत अनुसन्धान थालिसकेको उल्लेख गरिएको थियो ।

गाउँपालिकाको विज्ञप्तीbigyapti


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*