डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

उपप्रधानमन्त्री उपेन्द्र यादबद्वारा ‘टुरिजम विजनेश डाइरेक्टरी’ लोकार्पण

44493
  • शिखरपोष्ट रिपोर्टर

IMG_9134काठमाडौं, ५ असोज । गन्तव्य नेपाल ग्रुपले प्रकाशन गरेको टुरिजम विजनेश डाइरेक्टरी २०१८-१९ को औपचारिक लोकार्पण गरिएको छ । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शुक्रबार नेपाली चुलोमा आयोजित एक समारोहबीच उक्त डाईरेक्टोरीको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा बोल्दै यादवले नेपालमा पर्यटनको भविष्य व्यापक रहेको भन्दै सो ठाउँहरुको अनुगमन गरी अघि बढ्नुपर्नेमा जोड दिए । उनले टुरिजम विजनेश डाइरेक्टरी प्रकाशन गरेर गन्तव्य नेपालले अत्यन्तै महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै यो पर्यटन क्षेत्रको लागि उपयोगी रहेको बताए ।

नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले पर्यटनको विकास पर्यटन विकास र विस्तारमा आफू र आफ्नो पार्टी जहिल्यै पनि तयार रहने बताए ।

tourismनेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले पर्यटन बोर्ड प्रति पर्यटन मन्त्रालयले गरेको हैकमवादी प्रवृद्धिको कटाक्ष गर्दै पर्यटन बोर्डले निजी क्षेत्रलाई बेवास्ता गरेको बताए । उनले मन्त्रालयले आफूहरुप्रति गरेको वाएसलाई गम्भीररुपमा लिएको बताए । त्यसैगरी नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष सि.एन पाण्डेले डाइरेक्टरी प्रकाशन अत्यन्तै सकारात्मक रहेको बताउँदै पर्यटन विकास र प्रवद्र्धन सबैको हातेमालोले मात्र सम्भव रहेको बताए ।

गन्तव्य नेपाल गुप्रका अध्यक्ष शिव अधिकारी (अविरल) ले ग्रुपको पर्यटन प्रवद्र्धनार्थ टुरिजम विजनेश डाइरेक्टरी प्रकाशनमा ल्याएको बताए । यो डाइरेक्टरी पर्यटन व्यवसायी र त्यससँग सरोकार राख्ने व्यवसायीहरुको व्यवसायलाई सहजीकरण गर्न निकालिएको उनले बताए ।

qयसैबीच उत्कृष्ठ पर्यटन पत्रकारिता अवार्ड २०१८ बाट नेपाल टेलिभिजनका निर्देशक राजु सिलवाल, गोरखापत्र राष्ट्रिय दैनिकका सहसम्पादक शरदराज सुवेदी, राष्ट्रिय समाचार समितिका विकास लोहनी, राजधानी दैनिकका वरिष्ठ समाचारदाता मधुजंग पाण्डे, नागरिक राष्ट्रिय दैनिक वरिष्ठ समाचारदाता नवराज अधिकारी, कान्तिपुर राष्ट्रिय दैनिकका समाचारदाता सुरज कुंवर, इमेज टेलिभिजनका वरिष्ठ समाचारदाता शंकर खनाल, मेघा टेलिभिजन समाचारदाता कल्पना मर्हजन, रातोपाटी डटकम समाचारदाता सुजन पन्त, सगरमाथा टेलिभिजनका समाचारदाता श्रीकृष्ण सुवेदी, वल्र्ड वाइड प्रोडक्सन प्रालिका कुमार चौलागाई र प्रेस तथा छापाखाना विधाअन्तर्गत शारदा प्रिन्ट्रिङ प्रेसका भीमप्रसाद सापकोटालाई अवार्ड प्रदान गरियो । सोही अवसरमा युबा पर्यटन ब्यबसायी माधव प्रकाश सुबेदीलाई गन्तब्य नेपालको ब्रान्ड एम्बेस्डरको रुपमा मनोनित गरियो ।

त्यस्तै टुरिजम लाइफटाइम एचिफमेन्ट अवार्डबाट राजन थापा, एक्सिलेन्ट टुरिष्ट भेहिकल अवार्डबाट रामहरी शर्मा, हाइवे रेष्टुरेन्ट प्रोमोशन अवार्डबाट तुल्सी मरठ्ठा, ज्वेलरी प्रमोशन अवार्डबाट बर्कत उल्लाह, समाजसेबी शरु ढकाल र सोम तामाङलाई समाजसेबी अवार्डबाट सम्मानित गरिएको छ ।  IMG_9232


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*