‘औँठी खसेछ’मा सिते बा र चन्द्रमुखीको रोमान्स   •   प्रदेश नम्बर १ मा ‘चिया पर्यटन’ बिकास गर्ने मन्त्री आङ्बोको उद्घोष   •   सांसद हेमकुमार राई (सुरबीर)ले यसरी बाँडे सांसद कोषको ४ करोड   •   उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही   •   बजार हिस्सा गुमाउँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम   •   सरकार निर्वाचनमा गरिएका प्रतिबद्धताबाट बाहिर गएको छैन : पर्यटनमन्त्री अधिकारी

इन्टर सिटी इन्भेष्टमेन्ट फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न

चार तारे हाटल स्थापना गर्ने योजना सार्वजनिक

44802
  • शिखरपोष्ट रिपोर्टर

lekhanathकाठमाडौं, २७ असोज २०७५ । इन्टर सिटी इन्भेष्टमेन्ट फण्ड प्रालि (आइसीआइएफ)को पहिलो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । शनिबार काठमाडौं, लैनचौरमा अवस्थित मेला रेष्टुेष्टमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभामार्फत कम्पनीले आगामी दिनमा थप लगानीमैत्री वातावरण निर्माण सिर्जना गर्दै अवसरको सिर्जना गर्ने बाटो तय गरेको छ । कम्पनीका अध्यक्ष लेखनाथ भण्डारीले पेश गर्नुभएको महत्वकांक्षी भावी योजनामाथि उपस्थित शेयर सदस्यहरुबीचको व्यापक छलफलपछि पूँजी बढाउने तथा सुरक्षित लगानीका लागि वातावरण सिर्जना गर्ने निर्णय भएको हो । सो अवसरमा सफल यूवा पर्यटन व्यवसायी तथा नेपाल नागरिक उडडयन प्राधिकरणका सञ्चालक समिति सदस्यसमेत रहनुभएका अध्यक्ष भण्डारीले कम्पनी स्थापना गर्नुको उद्देश्यको चर्चा गर्दै गत आर्थिक वर्षको प्रगति विवरणसमेत प्रस्तुत गर्नुभएको थियो ।

उहाँले नेपालमा पर्यटन क्षेत्रमा लगानी सुरक्षित हुने भन्दै नयाँ योजनाअन्तर्गत निकट भविष्यमै ३ वा ४ तारे होटलमा लगानी गर्ने र त्यसको माध्यमबाट थप नयाँ अवसरको खोजी गर्ने उद्घोष गर्नुभयो । ठमेलभन्दा बाहेकको ठाउँ काठमाडौं वा आसपासको क्षेत्रमा सञ्चालन गर्ने भनिएको उक्त तारे होटलको सम्बन्धमा उहाँले विस्तृत कन्सेप्ट पेपर नै प्रस्तुत गर्नुभएको थियो । चार तारे होटलका लागि ३५ करोड रुपैयाँ भन्दा बढि रकम लाग्ने अनुमान गरिएको छ ।

सो कार्यक्रमबीच कम्पनीका शेयर सदस्यसमेत रहनुभएका डा. सुर्य भट्टराईले अर्गानिक टुरिजमको विषयमा प्रोजेक्टर प्रजेन्टेशन गर्नुभएको थियो ।

2४३ जना शेयर सदस्य रहेको उक्त कम्पनीको स्थापना गत चैत्र महिनामा मात्रै भएको हो । कम्पनीले आफ्नो स्थापनाको छोटो अवधिमै पर्यटन, हाइड्रो, बैंक, इन्सुरेन्स, कार्गो, कृषिलगायतका क्षेत्रमा लगानी गरेको छ भने निश्चित समयका लागि आन्तरिक कर्जा प्रवाहसमेत गरेको छ ।

अहिले झण्डै ८ करोड चाल पूँजी रहेको उक्त कम्पनीले निकट भविष्यमै पूँजी बढाएर ५० करोड रुपैयाँ भन्दा बढि बनाउने लक्ष्य लिएको छ । कम्पनीमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका तथा व्यवसायिक रुपमा सफल व्यक्तिहरुको सहभागिता रहेको छ । अहिलेसम्मको शेयर सदस्यहरु हेर्दा विभिन्न विषयमा पीएचडी गरेका, पर्यटन क्षेत्रमा सफलता हासिल गरेका, इन्जिनियरिङ, बैंकिङ, एग्रिकल्चर तथा इन्सुरेन्सलगायतको क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वहरु समेटिएको देखिन्छ ।22 111 222 1111 lekha 11111111 111111 11111 2222 1


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*