थुलुङ दुधकोशीमा पहिलो ‘अध्यक्ष रनिङ शिल्ड’ हुँदै   •   मिस/मिस्टर शेर्पा दाफुटी र सोनाम जाङ्बु पहिलोपटक मिडियामा; भन्छन् 'यूवाहरुले देशमै केही गर्नुपर्छ'   •   सोलुखुम्बुबाट जिल्लास्तरीय व्याडमिन्टन खेलाडी छनोट, ४ जना पुरुष र ३ जना महिला छनोटमा   •   नेपाल भ्रमण वर्षः २० लाख पर्यटक ल्याउन १० हजारलाई तालिम   •   वैद्य माओवादीको युवा स‌ंगठनद्वारा सुगतरत्नलाई कालोमोसो   •   सरकारले गठन गर्‍यो पराजुलीको अध्यक्षतामा वाइडबडी उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग

कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

44816
  • शिखरपोष्ट रिपोर्टर

nepali kangresकाठमाडौं, २७ असोज २०७५ । नेपाली कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले दशै, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । शनिबार कांगे्रसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्यता तथा सम्पर्क समितिका अध्यक्ष मनोज खड्काको सभापतित्वमा काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा पार्टीका सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मुलुकको सम्बृद्धिका लागि पार्टीभित्र एकढिक्का भएर जानुपर्नेमा जोड दिए । कांगे्रस सोलुखुम्बुका पूर्व सभापति प्रभुत्व बस्नेत, आङगेलु शेर्पा, नेता कृष्ण प्रसाद निरौला, पूर्व सभापति गोकर्ण राई, बरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल महिला संघका केन्द्रीय महामन्त्री मञ्जु खाँड, केन्द्रीय सदस्य डोल्मा तामाङ, पसी शेर्पा, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा तथा नेता प्रकाशसिंह कार्की, नेविसंघका पूर्व महामन्त्री टेकराज पौडेल, सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धव कुमार शर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कांगे्रसका महाधिवेशन प्रतिनिधिहरु रामबहादुर बस्नेत, सरला नाछिरिङ, यूवा नेता सुर्य कुलुङ, विपिचिन्त प्रतिष्ठानका केन्द्रीय सदस्य गणेश बस्नेत, महासमितिका पूर्व सदस्यहरु हुतराज बस्नेत, इन्द्रकुमारी शर्मा, महिला नेतृ शान्ति बस्नेत, नेवि संघका नेता द्रोण बास्तोला, दिराज बास्तोलालगायतले समेत बोल्नुभएको सो कार्यक्रम समितिका सचिव अधिवक्ता हरि कट्टेलले सञ्चालन गर्नुभएको थियो ।


Subscribe to Comments RSS Feed in this post

One Response

  1. K solukhumbu ko Congress gutbandimai janehota yessri Congress siddidsina?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*