‘औँठी खसेछ’मा सिते बा र चन्द्रमुखीको रोमान्स   •   प्रदेश नम्बर १ मा ‘चिया पर्यटन’ बिकास गर्ने मन्त्री आङ्बोको उद्घोष   •   सांसद हेमकुमार राई (सुरबीर)ले यसरी बाँडे सांसद कोषको ४ करोड   •   उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही   •   बजार हिस्सा गुमाउँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम   •   सरकार निर्वाचनमा गरिएका प्रतिबद्धताबाट बाहिर गएको छैन : पर्यटनमन्त्री अधिकारी

सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने

44819

Unknownबुटवल । रुपन्देही तिलोत्तमा नगरपालिकामा विभिन्न दातृ निकायका प्रतिनिधिले छलफल गरेका छन् ।

विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग डिएफआइडीका सुशासन हेर्ने समूह नेता सिन्थिया रोय, युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविद्यु, युएनडिपीका सहायक आवासीय प्रतिनिधि यमनाथ शर्मा, युरोपियन युनियनका कन्सलटेन्ट तेजराज दाहाललगायत दातृ निकायको टोलीले तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको हो ।

छलफलमा नगरपालिकाका तर्फबाट नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, उपसचिव हरिप्रसाद ज्ञवाली, प्रवक्ता सुरेन्द्र श्री, कार्यपालिका सदस्य, सल्लाहकार, कर्मचारीलगायतको सहभागिता थियो ।

दातृ निकायका प्रतिनिधिले नगरपालिकाबाट हालसम्म सम्पादन भएका काम, प्रस्तावित योजना तथा कार्यक्रम र कार्यसम्पादन गर्दा भोग्नुपरेका समस्याका बारेमा जानकारी लिएका थिए । उनीहरुलाई नगर प्रमुख घिमिरेले नगरपालिकाको वस्तुस्थिति, नगरपालिकाले अघि सारेको नीति तथा कार्यक्रम, योजनाका बारेमा जानकारी गराएका थिए ।

नगर प्रमुख घिमिरेले सीमित स्रोत–साधनले ठूला पूर्वाधार विकासका काम गर्न नसकिने बताउँदै नगरपालिकाले अघि सारेका चक्रपथ, क्षेत्रीय बसपार्क, सडकको स्तरोन्नति, कृषिउपज सङ्कलन तथा प्रशोधन केन्द्र, अत्याधुनिक ल्याण्डफिल साइटलगायत प्रस्तावित योजनामा सघाउन दातृ निकायका प्रतिनिधिलाई आग्रह गरेका थिए ।

सो अवसरमा विश्व बैंकका नेपालस्थित देशीय निर्देशक जर्वोसले सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचना, जनशक्ति, पूर्वाधार, क्षमता विकासका सन्दर्भमा विश्व बैंकले काम गर्न चाहेको जानकारी गराएका थिए ।

प्रदेश नं ५ मा पर्यटन विकासका लागि तयार हुँदै गरेको सहयोगसम्बन्धी आयोजनाका बारेमा जानकारी गराउँदै उनले तिलोत्तमा नगरपालिकासँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*