व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

मलाई रारा ताल मन पर्छ : भवानी राणा

45250
  • भवानी राणा, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ

bhawani-ranaनेपाल र नेपालबाहिर घुम्न विभिन्न समयमा पुगिरहन्छु । कहिले व्यापारको सिलसिलामा भने कहिले महासंघको कामले पनि यताउता गइरहन्छु । अनि कहिलेचाहिँ घुम्नकै लागि निस्कने गर्छु । घुम्दा कहिले साथीभाइ हुन्छन् त कहिले परिवारका सदस्य हुन्छन् ।

नेपालबाहिर घुमेकामध्ये मलाई सबैभन्दा बढी मन परेकोचाहिँ बेलायतको हवाई हो । त्यहाँको वातावरणले नै मलाई निकै लोभ्याएको थियो । नेपालका पर्यटकीय गन्तव्य पनि तीभन्दा कम छैनन् । पोखरा, रारा खुबै मन परेका गन्तव्य हुन् । अनि डोटी पनि निकै आकर्षक लाग्छ । अहिले घुमेका नेपालभित्रका गन्तव्यमध्ये सबैभन्दा बढी मन परेको रारा ताल नै हो ।

रारा तालको सुन्दरता, प्राकृतिक बनोटले निकै आकर्षित गरेको थियो । रारा पुगेपछि त्यहाँको स्वस्थ वातावरणले झनै मुग्ध बनाउँछ । अनि श्वास लिँदा शरीर स्वस्थ भएजस्तो लाग्छ । अहिलेसम्म तीनपटक रारा पुगेँ । पछिल्लोपटक गत वर्ष पुगेको थिएँ ।

समुद्र सहतदेखि २९७२ मिटरको उचाइमा रहेको राता नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यहाँ चिसो हुन्छ । हिउँदमा जाँदा त न्यायो कपडा लग्नै पर्छ । तैपनि, रारा देख्नेबित्तिकै चिसो त्यसै हराउँछ । आनन्दको अनुभूति हुन्छ । कञ्चन र सुन्दर रारा मुर्माटपबाट झनै आकर्षक लाग्छ । अनि पश्चिममा सैपाल हिमाल, पूर्वमा काञ्जीरोवा, सिस्ने हिमालको दृश्यले रोमाञ्चित बनाउँछ । दिनमा चार–पाँचपटक तालको रङ बदलिएको अनुभूत हुन्छ । सूर्योदय र सूर्यास्तको दृश्य पनि आकर्षक देखिँदैन, रारामा ।

अचेल त रारा ताल पुग्नलाई पहिलाजस्तो समस्या छैन । सुर्खेतबाट गाडीमा सजिलै पुग्न सकिन्छ । गाडीबाट जाने हो भने सुर्खेतबाट दुई दिन लाग्छ । अर्को विकल्प पनि छ नेपालगन्जबाट मुगुको ताल्चा विमानस्थलसम्म जहाजबाट । त्यहाँ तीन घन्टा पैदल हिँडेर पुगिन्छ । पैदलको सट्टा घोडामा जाँदा झन् रमाइलो हुन्छ । साभार नयाँपत्रीका


Subscribe to Comments RSS Feed in this post

One Response

  1. Rara lake is one of the most beautiful tourist attractions places of Nepal, so our government must have to do something to promote Rara lake trek, I haven’t seen this kind of place in the earth, long time ago I last was there, and the glorious views of sounding Rara all the white peaks, and it is greener jungle, we have god gift lake but no promoting. it is too late being now.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*