भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

‘मिस शेर्पा र मिस्टर शेर्पा २०१८’ को उपाधि दाफुटी र सोनाम जाङ्बु शेर्पालाई

फोटो फिचरसहित

45616
  • शिखरपोष्ट रिपोर्टर

miss-&-Mr.काठमाडौं, १६ पुस । ‘मिस शेर्पा र मिस्टर शेर्पा २०१८’ को उपाधि दाफुटी शेर्पा र सोनाम जाङ्बु शेर्पाले जितेका हात पारेका छन् । डिपास इन्टरनेश्नलद्धारा आयोजित प्रतियोगिताको आइतबार काठमाडौंमा सम्पन्न ग्राण्ड फिनालेमा दाफुटी र सोनाम जाङ्बु दुबैजनाले ८/८ जना आफ्ना प्रतिस्पर्धीहरुलाई उछिन्दै उपाधि जितेका हुन् ।

यसपटकको मिस शेर्पामा विजेता बन्नेले क्रोयसियामा हुने मिस टुरिज्म वल्र्डमा समेत प्रतिष्पर्धा गर्ने अवसर पाउने आयोजक संस्था डिपास इन्टरनेशनलकी अध्यक्ष छेल्हमु शेर्पाले उद्घोषण गरेकी छन् ।

miss sherpamister sherpaप्रतियोगितामा मिस शेर्पातर्फ दावा याङ्जी शेर्पा र निमा ल्हामु शेर्पा फस्ट र सेकेण्ड रनरअप बनेकी छन् भने मिस्टर शेर्पातर्फ क्रमशः पेम्बा शेर्पा र पासाङ शेर्पा फस्ट र सेकेण्ड रनरअप बनेका छन् ।
मिस्टर शेर्पा २०१८ सोनाम जाङ्बु शेर्पा र मिस शेर्पा २०१८ दाफुटी शेर्पाले ताजसहित ३० हजार ३३३ रुपैयाँ नगद पुरस्कार पाइन् । दाफुटीलाई सन् २०१७ की मिस शेर्पा सोनाम डोल्मा शेर्पाले ताज पहिराएकी थिइन् ।

प्रतियोगितामा फस्ट र सेकेन्ड रनर्सअप बनेका दावा याङ्जी शेर्पा र निमा ल्हामु शेर्पा र पेम्बा शेर्पा र पासाङ शेर्पाले क्रमशः २० हजार २२२ र १० हजार १११ नगद पुरस्कार हात पारे ।


शेर्पा समुदायभित्रको सौन्दर्य प्रतियोगिता मिस शेर्पा पाचौ संस्करण हो भने मिस्टर शेर्पा पहिलो संस्करण हो । सन् २०१० देखि आयोजना हुँदै आएको मिस शेर्पा बीचमा केही वर्ष रोकिए थियो । अघिल्लो वर्षदेखि पुनः सुरु भएको यस प्रतिष्पर्धामा शेर्पा समुदायका युवती मात्रै सहभागि बन्न पाउँछन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले यस्तो प्रतियोगिताबाट समुदायको पहिचान स्थापित गर्नुका साथै नयाँ नयाँ प्रतिभाको उजागर हुने बताउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिदै जानुपर्नेमा जोड दिनुभयो ।

98765

4321kkk nnn


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*