भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले ३३ लाख ७ हजार कित्ता साधारण सेयर निष्कासन गर्दै

45915

upper soluउर्जाखबर /अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनीले ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले सोलुखुम्बुमा निर्माणाधीन २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

निष्कासन हुने सेयरमा १३ करोड ५० लाख मूल्यको १३ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको कम्पनीका कार्यकारी निर्देशक शशीसागर राजभण्डारीले बताए । उनका अनुसार सर्वसाधारणका लागि १९ लाख ५७ हजार ५ सय कित्ता सेयर छुट्याइएको छ । पहिलो चरणमा स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरिने राजभण्डारीले बताए ।

२०७६ जेठमा आयोजना प्रभावित स्थानीय र एक वर्षभित्र सर्वसाधारणका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरिने उनले बताए । कम्पनीले सेयर निष्कासन तथा बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेकाे छ । कम्पनी र एनएमबी क्यापिटलबीच बुधबार सम्झौता भएको हो । सम्झौतामा राजभण्डारी र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

एनएमबी क्यापिटलले चाँडै सेयर निष्कासनको स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने प्रक्रिया अघि बढाउने कम्पनीले जनाएकाे छ । कम्पनीले निर्माण गरिरहेको आयोजना ९७ प्रतिशत पूरा भएको छ । आयोजनाबाट आगामी जेठदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*