समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

खानेपानी मन्त्रालयकाे ११ महिना, ५ सय १८ आयोजनाहरु सम्पन्न

45997

magar-bina-1-1काठमाडौं । खानेपानी मन्त्री विना मगरले मन्त्रालय सम्हालेकाे ११ महिना पुगेकाे छ । यस अवधिमा खानेपानी मन्त्रालयले के के काम गर्याे भन्ने कुरा जनताकाे चासाेकाे विषय भएकाे छ ।

खानेपानी मन्त्रालयले करिब ११ महिनाको अवधिमा मुलुकभर ५ सय १८ वटा आयोजनाहरु सम्पन्न गर्न सफल भएको जनाएको छ ।  मेलम्ची खानेपानीको ब्रेक थु्सहित ५ सय १८ वटा खानेपानी आयोजनाहरु सम्पन्न भएको मन्त्री विना मगरको सचिवालयले जानकारी दिएको छ ।

२०७४ चैत २७ गते मेलम्ची सुरुङ मार्गको ब्रेक थ्रु भएको थियो । मेलम्ची आयोजनाले २७ किलोमिटर लामो सुरुङ खन्ने कामलाई ऐतिहासिक उपलब्धि समेत भनेको छ । मेलम्ची आयोजना राष्ट्रिय गौरवको आयोजना हो । २७ वर्षदेखि सुरु भएको मेलम्ची आयोजनाको काम बितेका वर्षहरुमा निकै मन्द गतिमा अघि बढिरहेको थियो ।

२७ किलोमिटर लामो सुरुङ खन्ने कामसँगै यसको ढलान अर्थात् फिनिसिङ गर्ने काम समेत सकिन लागेको मन्त्रालयले जानकारी दिएको छ । सुरुङ फिनिसिङको काम अब १ किलोमिटर मात्र बाँकी रहेको जनाइएको छ । २७ वर्षमा सम्पन्न गरिएको सुरुङ निर्माणको कामपछि केही महिनामै फिनिसिङ सकिनुलाई मन्त्रालयले निकै ठूलो उपलव्धीको रुपमा अथ्र्याएको छ । मेलम्ची आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत सकिएको समेत सचिवालयले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र ९ वटा पानीपोखरी निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको छ । सोही अभियान अन्तर्गत गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्रको भौतिक प्रगति करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । निर्माणाधीन मनोहरा, हनुमन्ते तथा खस्याङखुसुङ नदीहरुको दुवै किनारमा जम्मा ४५ किलोमिटर मध्ये ११ दशमलब ०९ किमि ढल बिछ्याउने कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालय अन्तर्गतका निकायहरुले देशभरिका साना ठूला गरी ५ सय १८ वटा खानेपानीका आयोजनाहरु सम्पन्न भएको तथ्याँक सार्वजनिक गरेको छ ।  खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत ७७ जिल्लामा सञ्चालित क्रमागत उच्च प्रविधियुक्त केन्द्रीय खानेपानी आयोजनाहरुमध्ये १ सय १० आयोजनाहरु सम्पन्न भइसकेका छन् । जसबाट १ लाख ८३ हजार ४५५ जनसंख्या लाभान्वित भएका छन् ।

त्यस्तै विभाग अन्तर्गतकै खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमले ९ वटा र तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले ४ वटा आयोजना सम्पन्न गरिसकेका छन् । सहलगानी अन्तर्गत नवलपरासीको अमरापुरी, मोरङको मानगढ, उर्लावारी, झापाको चन्द्रगढी, रुपन्देहीको प्रगतिनगर, नयाँगाउँ, चितवनको रत्ननगर, धनगढी र पर्सामा खानेपानी आयोजनाहरु सम्पन्न भईसकेका छन् ।

त्यसैगरी एक वर्षको अवधिमा तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सल्यानको खलंगा शितलपाटी, झापाको चारआली, कैलालीको टिकापुर र सुनसरीको महेन्द्रनगरमा खानेपानी आयोजनाहरु सम्पन्न भइसकेको समेत जनाइएको छ । त्यस्तै ३५ वटा सहरी तथा अर्ध सहरी खानेपानी आयोजनाहरु सम्पन्न भएका छन् ।

भूकम्पबाट क्षतिग्रस्त भएका आयोजनाहरुमध्ये ३ सय ६० वटा आयोजनाहरुको पुननिर्माण तथा पुनस्थापना कार्य सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले १७ जिल्लालाई खुला दिसा मुक्त घोषणा गरेको छ । यीसहित अब ६३ जिल्लाहरु खुला दिसामुक्त क्षेत्र घोषणा भएका छन् ।

मन्त्रालयले एसियाली विकास बैंकको सहयोगमा देशभरका विभिन्न २० वटा सहरहरुमा आयोजना निर्माण तथा खानेपानी तथा सरसफाईको दिगो व्यवस्थापनको लागि ऋण सम्झौता समेत गरेको छ । त्यसका लागि १७८ दशमलब ५ मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौता भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै ललितपुरको बालकुमारी स्थित १ करोड ७५ लाख लिटर प्रतिदिन क्षमताको फोहोर पानी प्रशोधन केन्द्र निर्माणको शिलान्यास समेत भएको छ भने काठमाडौं उपत्यकाभित्र ४ हजार धारा वितरण समेत गरिएको सचिवालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राजविराज, लाहान र नेपालगञ्जमा ४५० घन मिटर क्षमताको पानी पोखरीको निर्माण भएका छन् भने काठमाडौं उपत्यका बाहिरका २४ वटा सहरहरुमा थप ६ हजार निजी धारा वितरण गरिएको छ ।

भक्तपुरको महादेवखोला ईम्पाउन्डिङ रिजर्भवायर खानेपानी आयोजना, दाङको पातुखोला, सुर्खेत भ्याली बृहत खानेपानी आयोजना, बबई थोक वितरण र नारायणी थोक वितरण खानेपानी आयोजनाहरुमा लगानी जुटाउने सन्दर्भमा मोडालिटीको विषयमा प्रधानमन्त्री कार्यालयले ऐन बनाउने तयारी गरिरहेको समेत मन्त्रालयले बताएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*