टुर्गानले मनायो ३०औं अन्तर्राष्ट्रिय टुरिष्ट गाइड दिवस   •   ‘विपावर’काे पहिलाे क्षेत्रीय सम्मेलन सुरु   •   ६ सचिवको सरूवा, पर्यटन मन्त्रालयमा सापकोटा   •   विदेशी लगानीका पाँच किसिमका परियोजनालाई हेजिङ सुविधा प्रदान   •   सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सफल भएका छौं: गृहमन्त्री थापा   •   सुदूरपश्चिम प्रदेशसभामा प्रधानमन्त्री ओली: विकासकाे नायक बन्न सांसदहरूलाई आग्रह

एनसीटीटीएम कलेजले दोस्रो पर्यटन महोत्सव आयोजना गर्दै

46017
  •  माधव सुवेदी

dकाठमाडौं, १ फागुन २०७५ । पर्यटन प्रवद्र्धन र विकासका लागि विविध कार्यक्रम आयोजना गर्दै आएको नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम (एनसीटीटीएम)ले दोस्रो शैक्षिक पर्यटन महोत्सव २०१९ आयोजना गर्ने भएको छ । आन्तरिक तथा वाह्य पर्यटन सम्बन्धी जनचेतना फैलाउने मुख्य उद्देश्यका साथ अघिल्लो वर्षदेखि कलेज र विद्यार्थीहरुको सङ्लग्नतामा सुरु गरिएको पर्यटन महोत्सवको दोस्रो संस्करण यही १४, १५ र १६ फेबु्रअरी २०१९ मा आयोजना गर्न लागेको हो ।

अघिल्लो वर्षको पर्यटन महोत्सव अत्यान्तै उपलब्धिमूलक भएकाले त्यसलाई पुनः आयोजना गरिएको र अब हरेक वर्ष यसलाई निरन्तरता दिइने आयोजकले जनाएको छ । कलेज आफै पर्यटनसँग सम्बन्धित भएकाले मुलुकको पर्यटन प्रवद्र्धन र विकासमा कलेजले प्राथमिकता दिएको हो ।

महोत्सवमार्फत लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्दै प्रवद्र्धन गर्न टेवा पुग्ने विश्वास लिइएको छ । पर्यटक लक्षित विभिन्न गतिविधि तथा प्याराग्लाईडिङ, वाल क्लाइम्बिङ, टे«किङ, राफ्टिङलगायतका पर्यटकीय स्टल राखिने तथा विभिन्न खाने कुराहरुको स्टलसमेत रहने छ ।

पर्यटन व्यवासायीहरुको सहभागिता र सहकार्य रहने उक्त महोत्सवमा विभिन्न संस्कृतिजन्य प्रदर्शनीका साथै विभिन्न छुट योजनासमेत रहने जनाइएको छ । आयोजक कलेजले महोत्सवमा सहभागिताका लागि सार्वजनिक आह्वानसमेत गरेको छ ।
p

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*