व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

कञ्चनपुरको पुनर्वासबाट १८ किलो सुन बरामद

46025

sunकाठमाडौं । कञ्चनपुरको पुनर्वासबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको बताइएको छ ।

पुनर्वास नगरपालिका–२ स्थित त्रिभुवन बस्तिको उक घरमा लुकाएर राखेको अवस्थामा करिब १८ किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) आभुषण तिम्सिनाले जानकारी दिए ।

घरमा लुकाएर राखेको अवस्थामा १०८ टुक्रा सुनको बिस्कुट फेला परेको घट्नास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक (डिएसपी) रुगम कुँवरले बताएका छन् । सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिलाई कैलालीको जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*