भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

प्रदेश सांसद दिपक मनाङ्गेले ठमेलसँगको आफ्नो सम्बन्धबारे पहिलो पटक सार्वजनिक कार्यक्रममा बोले

ठमेल परिषद्को नेतृत्व चुनावी प्रक्रियाबाट ल्याउनुपर्नेमा जोड

46032
  • शिखरपोष्ट रिपोर्टर

manangeकाठमाडौं, २ फागुन २०७५ । प्रदेश नम्बर ४ का प्रदेश सभा सदस्य राजिब गुरुङ (दिपक मनाङ्गे)ले ठमेल र ठमेलसँग आफ्नो सम्बन्धका बारेमा पहिलो पटक सार्वजनिक कार्यक्रममा बोलेका छन् । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी)ले बिहिबार ठमेलस्थित होटल आर्टस्मा आयोजित बधाई ज्ञापन कार्यक्रममा सांसद गुरुङले ठमेलमा आफुले कहिल्यैपनि गुण्डागर्दी गर्न नदिएको बताए ।

ठमेल विकासका लागि व्यवसायीहरुको एकता आवश्यक रहेको कुरामा जोड दिदै उनले व्यवसायीहरुको अधिकारका लागि आफु सधैं अग्रपंक्तिमा रहेर काम गरेको दाबी गरे । उनले ठमेललाई सीमित क्षेत्रमा मात्रै नो भेहिकल जोन बनाइएकोप्रति इंगित गर्दै उनले भने ‘कि ठमेल पूरै नो भेहिकल जोन बनाउनुपर्यो, होइन भने के केहीले पैसा कमाउनका लागि यहाँ आउने पर्यटकलाई दुख दिने रोकिनुपर्दछ ।’

उनले परिषद् व्यवसायीहरुको हितका लागि स्थापित भएको भएकोले सबैको हितका लागि काम गर्ने नेतृत्व ल्याउनुपर्ने आवश्यकता औल्याए । बोल्ने क्रममा सांसद गुरुङ चुनावी प्रक्रियाबाट परिषदको नेतृत्व ल्याउनुपर्ने शब्द पटक पटक दोहोर्याएका थिए ।

manange dipakउनले व्यवसायीहरु राजनीतिभन्दा टाढा रहनुपर्नेमा जोड दिदै परिषद्को हरेक गतिविधिहरु गतिशिल बनाउनका लागि नेतृत्वबीचमा कार्यविभाजन गरेर अघि बढ्नुपर्ने बताए । उनले ठमेलमा विभिन्न किसिमका विकृतिहरु रहेको भन्दै त्यसलाई हटाउनका लागि आफुले आफ्नो ठाउँबाट पहल गर्ने बचनबद्धतासमेत व्यक्त गरे ।

परिषद्का अध्यक्ष समिर गुरुङले सांसद गुरुङलाई बधाई ज्ञापन गर्दै ठमेलको विकासका लागि विगतको जस्तै आगामी दिनमा पनि अभिभावकत्व रहने विश्वास व्यक्त गरे । उनले ठमेल परिषद्को अहिलेसम्म कुन नेतृत्व र कार्यकालमा के के काम भयो भन्ने मुल्यांकन गरेर आगामी नेतृत्व ल्याउनुपर्नेमा जोड दिए ।

अध्यक्ष समिर गुरुङको अध्यक्षता तथा महासचिव भविश्वर शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा ठमेलका व्यवसायीहरुले विभिन्न समस्याहरु औल्याएका थिए । सबै व्यवसायीहरुको कुरा सुनेपछि सांसद गुरुङले खुलेर आफ्नो कुरा राखेका थिए ।

dipakthamthamelमनाङ्गेको भनाइ भिडियोका लागि ShikharOnlineTV हेर्नुहोला


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*