अस्पताल निर्माणका लागि सञ्चालित महायज्ञबाट पौने ११ करोड संकलन   •   प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस   •   नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण   •   जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा मोडलको फोटो, प्रहरीको बदमासी कि ह्याक भो ?   •   नेपाल-जापान समझदारी, नेपाली कामदार जापान जाने बाटो खुल्यो   •   सोलुखुम्बु विश्वकर्मा सेवा समाजको ब्यानर सगरमाथाको चुचुरोमा फहराईदैं

सगरमाथाको फेदीबाट राष्ट्रपति भण्डारीको उद्घोष: ‘शिक्षा पर्यटन आजको आवश्यकता हो’

‘मेची–काली विश्व अभियान' सुरु

46062
  • शिखरपोष्ट रिपोर्टर

Rastrapatiसोलुखुम्बु, ५ फागुन २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा पर्यटन आजको आवश्यकता भएको भन्दै त्यसनिम्ति सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने  बताउनुभएको छ । सोलुखुम्बु बहुमूखी क्याम्पसको रजत महोत्सबको अबसरमा सल्लेरीमा आयोजित ‘मेची–काली विश्व अभियान’को समुद्घाटनपछि सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले नेपाललाई विश्वमाझ चिनाउन शेर्पाको शाहसपूर्ण योगदानको प्रशंसा गर्दै शिक्षा पर्यटनको आवश्यकता आउल्याउनुभएको हो । हिमाली सांस्कृतिक विविधता मुलुकका लागि अमुल्य निधि भएकाले त्यसको सम्बर्धन र प्रवर्धन गर्नुपर्नेमा उहाको जोड रहेको थियो ।

कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शैक्षिक गुणस्तर बृद्धिका लागि प्रदेश सरकारले पनि योजना बनाएकाले क्याम्पसको मेची–काली विश्व अभियानले सम्बृद्ध नेपालको लागि सहायकसिद्ध हुने विश्वास ब्यक्त गर्नुभयो । मन्त्री घिमिरेले क्याम्पसको यो शैक्षिक अभियानमा प्रदेश सरकारको तर्फबाट भर्पूर सहयोग गर्ने प्रतिवद्धतासमेटा जनाउनुभयो ।

प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले यो अभियान जिल्लाको मात्रै नभएर मूलुककै लागि नमुना अभियानको रुपमा स्थापित हुने विश्वाश ब्यक्त गर्दै यस सफलताका लागि आफ्नो ठाउबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थराज खनियाँले आवश्यक पुर्वाधार तयार भए ट्राभल, टुरिजम र माउन्टेनिरिङ कोर्ष अध्ययापन अनुमति दिन समस्या नभएको बताउनुभयो । हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले अभियान सफल पार्नका लागि आफूहरु स्वत:स्फुर्त रुपमा लाग्ने उद्घोष गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, उत्तम कुमार बस्नेत, जिल्ला समन्वय समितिका संयोजक बीर कुमार राईलगायतका स्थानीय तहका जनप्रतिनिधिहरुको ब्यापक उपस्थिति रहेको थियो ।
क्याम्पस प्रमुख उद्धव कुमार शर्माकाअनुसार हिमाल एफ.एम., ह्रवाईट हिल्स बोर्डिङ स्कुल, लोरेन नेपाल, द स्माल वल्र्ड, क्याम्पस संचालक समितिका सदस्यहरु लगायतका सरोकारवालाहरुबाट करिब डेढ करोड सहयोग गर्ने प्रतिबद्धता अैसकेको छ ।

शुभारम्भ समारोहबीच सोलुदुधकुण्ड नगरपालिकाले एक करोड रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको हो । नगर्पालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले सहयोग रकम घोषणा गर्दै नमूना क्याम्पसको रुपमा अघि बढाउन नगरपालिकाले सो घोषणा गर्नुभएको हो । उहाले व्यक्तिगत रुपमा एक लाख पन्ध्र हजार रकम सहयोग गर्ने घोषणासमेत गर्नुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कांग्रेस नेता प्रकाशसिंह कार्कीले दश लाख एघार हजार १११ रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ भने एभरेष्ट हार्डवयरका संचालक तथा समाजसेबी आङसोनाम शेर्पाले पाँच लाख पाँच हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*