प्रचण्डद्वारा खरिद ऐन र ठेक्का प्रणालीको चर्को आलोचना   •   पर्यटक संख्यामा उल्लेख्य बृद्धि, सन् २०२० को लक्ष्य भेटिएला ?   •   एनएमबीमा ओम विकास बैंक गाभियो   •   मदन भण्डारीको हत्यारा छिट्टै पत्ता लाग्छः गृहमन्त्री थापा   •   नेकपा जनवर्गीय संगठनको भागबण्डा: कुन संगठनको नेतृत्व कसले पाए ?   •   एभरेष्ट म्याराथनमा १५५ विदेशीसहित दुई सयबढीको सहभागिता हुने

सीएमसीसँगको ठेक्का सम्झौता रद्ध गर्दै तनहुँ हाइड्रोपावर

46065

tanahuकाठमाडौं, ५ फागुन । तनहुँ हाइड्रोपावर लिमिटेडले पनि इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्ध गर्ने भएको छ । मेलम्चीबाट काम छाडेर भागको सीएमसीलाई तनहुँ हाइड्रोपावर लिमिटेड साइटमा काम थाल्न २८ दिनको समय दिएको थियो ।

तर, शुक्रबारसम्मको समयसीमामा सीएमसी काममा नफिर्कएपछि ठेक्का रद्ध गर्ने प्रक्रिया सुरु गरिएको तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेले बताए ।

उनकाअनुसार अब लगत्तै नयाँ टेन्डर पनि गरिनेछ । आयोजनालाई अघि बढाउन ढिलाइ नगर्ने भन्दै थिकेले सीएमसीलाई विदाइ गर्ने र नयाँ टेण्डर गर्नेबारे एसियाली विकास बैंक (एडीबी)सँग छलफल भइरहेको बताए ।

उनका अनुसार सीएमसीको कार्यसम्पादन जमानत जफत गर्न पनि दावी गर्ने तयारी छ । सीएमसीले ठेक्का सम्झौता गर्दा १ अर्ब ९७ करोड धरौटी राखेको छ ।

१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वक्र्स) निर्माणका लागि इटालियन कम्पनी सिएमसी छनोट भएको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको कम्पनीले तनहुँ जलविद्युत आयोजनाको काममा नजाँदै आर्थिक संकटमा फसेपछि नेपालबाट बाहिरिएको छ ।

कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता भएको थियो ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ ।

यो आयोजनाको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ । तर, सीएमसीका कारण आयोजना समयमै सक्न कठिन हुन सक्ने देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*